त्रिभुवन विमानस्थनलको रिमोर्ट पार्किङ आजबाट सञ्चालन, हट्ला पार्किङ समस्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा रहेको रिमोर्ट पार्किङ बे आजबाट सञ्चालनमा आएको छ । विमानस्थलले आजबाट सञ्चालनमा ल्याएको पार्किङ बे संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले उद्घाटन गरेका हुन् ।

हाल उक्त पार्किङ बेमा २ वटा सञ्चालनमा नआएका हवाई जहाज पार्किङ गरि राखिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताबबाबु तिवारीले जानकारी दिए ।

रिमोर्ट पार्किङ बे लामो समयसम्म रोकेर राख्ने खालका हवाई जहाज राख्नका लागि निर्माण गरिएको उनले बताए । सधै सञ्चालनमा आउने हवाई जहाज र सञ्चालनमा नआएका जहाजहरु एउटै पार्किङ स्थानमा राख्दा धेरै पटक समस्या आउने गरेको भन्दै उनले अब त्यस्तो समस्या नदोहोरिने बताए ।

‘पहिला एउटै पार्किङ बेमा सञ्चालन हुनेनहुने दुबै प्रकारको हवाई जहाज राखिने गर्थे त्यसले समस्या पनि ल्याउथ्यो । अब रिमोर्ट पार्किङ बेले त्यसमा सहजता ल्याउने छ,’ तिवारीले मेरोअटोसँग भने ।

पार्किङका लागि लामो समयसम्म बस्ने जहाजहरु राख्ने ठाउँको रुपमा यो पार्किङ वे निर्माण गरिएको हो । यस्तै टर्मिनलको दक्षिण तर्फ २ वटा पार्किङ बे बन्ने क्रममा रहेको छ । सो पार्किङ बेको निर्माण हालसम्म ४५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।

उक्त पार्किङ बेमा एयर बस ३३० क्याटागोरिका २ वटा जहाज पार्किङ गर्न सकिने छ । सो पार्किङ बे जेठ मसान्तसम्म सम्पन्न गर्ने भनिए पनि दिनदिनै पानी गरि रहेका कारण करिब ३÷४ महिना थप समय लाग्न सकने उनले जानकारी दिए ।

‘यही जेठ मसान्तसम्म पार्किङ बे निर्माण गरिसक्नु पर्ने हो तर, मौसमले साथ नदिए ३४ महिना अझै थप समय लाग्न सक्छ,’ तिवारीले भने । पार्किङ बे ४७ करोड रुपैयाँ लगानीमा निर्माण भइरहेको छ ।


Back_to_top