काठमाडौं । सन् २०२६ भारतीय अटोमोबाइल बजारका लागि उत्साहजनक देखिएको छ । जनवरीमा साढे ४ लाख र फेब्रुअरीमा पाैने ४ लाख युनिट बढी प्यासेन्जर कार बिक्री (होलसेल) भएको छ ।
भारतीय बजारमा अधिकांश मुख्य ब्राण्डले आफ्नो व्यापार बढाएका छन् । फेब्रुअरीमा ४ लाख बढी कार बिक्री हुँदा शीर्ष १० मा चार ब्राण्डका कार परेका छन् । जसमा मारुतीका ६ वटा, टाटाको २, महिन्द्रा र हुन्डाईको १/१ मोडल रहेका छन् ।
भारतमा फेब्रुअरीमा टाटा नेक्सन सर्वाधिक बिक्री हुने कार बनेको छ । एक महिनामा नेक्सन १९ हजार ४३० युनिट बिक्री भएको छ । यो आइसीई र ईभी दुवैको संख्या हो ।
त्यस्तै, दोस्रोमा मारुती स्वीफ्ट डिजारे १९ हजार ३२६ युनिट, तेस्रोमा टाटा पन्च १८ हजार ७४८ युनिट, चौथोमा हुन्डाई क्रेटा १७ हजार ९३८ युनिट र पाँचौंमा मारुती ब्रेजा १७ हजार ८०७ युनिट रहेको छ ।
त्यसैगरी, छैटौंमा मारुति एर्टिगा १७ हजार ८०७, सातौंमा मारुति वागेन आर १४ हजार ८८५, आठौंमा मारुति स्वीफ्ट १४ हजार ८३३, नवौंमा महिन्द्रा स्कर्पियो १४ हजार ६६५ र दशौंमा मारुति बलेनो १४ हजार ६३२ युनिट बिक्री भएको छ ।

