१० वर्षदेखि निरन्तर सफल ब्रेजा, बिक्रीको रफ्तार अझै तीव्र

काठमाडौं । मारुती सुजुकी इन्डियाको सफल र पहिलो एसयूभी मोडल ब्रेजाले १० वर्ष पूरा गरेको छ । आफ्नो उत्पादन सुरू भएको १० वर्ष पूरा गर्दा बिक्री भने १४ लाख युनिट नाघेको हो ।

मारुती सुजुकीको ब्रेजा एसयूभी नेपाली बजारमा पनि निकै सफल मोडल हो । भारतमा बिक्री सुरू भएको केही महिनापछि नै नेपालमा बिक्री सुरू भएको ब्रेजा सुरूमा डिजेल इन्जिनमा मात्रै उपलब्ध थियो ।

सन् २०२० पछि पेट्रोल इन्जिनमा मात्रै बिक्री हुँदै आएको ब्रेजा अहिले पनि पेट्रोल एसयूभी खोज्नेको रोजाइमा पर्दै आएको छ । हाइब्रिड टेक्नोलोजी र १.५ लिटर क्षमताको इन्जिन भएको कारण यसलाई खोज्नहरू निरन्तर भेटिन्छन् ।

भारतमा ब्रेजा एसयूभीले विभिन्न २८ अवार्ड जितेको छ । मारुती सुजुकीको ब्राण्ड भ्यालू, बलियो नेटवर्क र गाडीको पर्फमेन्स राम्रो भएको कारण ब्रेजा सफल भएको हो ।


ब्रेजा एसयूभीको लम्बाइ ३९९५ एमएम, चौडाइ १७९० एमएम र उचाइ १६८५ एमएम छ । यसमा २५०० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । विभिन्न समयमा अपग्रेड भएको ब्रजामा ९ इन्चको स्मार्ट प्ले प्रो प्लस टच स्क्रीन, १९८ एमएमको ग्राउन्ड क्लियरेन्स, ३६० डिग्री क्यामेरा, हेडअप डिस्प्ले जस्ता फिचर दिइएको छ ।

नेपालमा पहिलेको तुलनामा पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्री कमजोर हुँदै गएको छ । त्यसका बाबजुद ब्रेजा आफ्नो सेग्मेन्टको लिडर एसयूभी हो । यो सेग्मेन्टमा हुन्डाई भेन्यू, टाटा पन्च, महिन्द्रा थ्रिएक्सओ, निसान म्याग्नाइट, स्कोडा काइल्याक जस्ता मोडल उपलब्ध छन् ।


Back_to_top