तेस्रो जेनेरेशन टोयोटा एभेन्जा आउने

काठमाडौं । टोयोटा एभेन्जाको नयाँ जेनेरेशन मोडल आउने भएको छ । टोयोटाले विश्व बजारमा सन् २००३ देखि विक्री सुरु गरेको एभेन्जा नेपालमा पनि विक्री भएको थियो । तर, सन् २०१५ देखि नेपालमा यसको विक्री रोकिएको थियो ।

अब भने टोयोटाले एभेन्जाको नयाँ जेनेरेशन तयार गरेको तस्विरहरु बाहिर आएका छन् । टोयोटाले एभेन्जाको तेस्रो जेनेरेशन मोडल ल्याउन लागेको हो । एभेन्जा ७ सिट क्षमताको एमपीभीको रुपमा बजारमा आउने छ ।

ठूलो रेडियटर ग्रिल, सार्प हेडल्याम्प, डिप भर्टिकल फगल्याम्प हाउजिङ, नयाँ डिजाइनको ट्वीन स्पोक अलोय ह्वील यसमा देख्न पाइन्छ । कम्पनीले यसमा १.० लिटर टर्बो पेट्रोल र १.२ लिटर नेचुरल्ली एस्पीरेटेड हाइब्रिड इन्जिन दिने बताइएको छ ।


Back_to_top