टोयोटाको चाडपर्व लक्षित अपग्रेड क्याम्प सुरु, स्कीम पनि पाइने

काठमाडाैं । नेपालकाे लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले भदाै ५ देखि ८ गतेसम्मका लागि आन्दानगर स्थित टोयोटा शोरुममा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गरेको छ ।

बडा दशैँ २०७९ लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज तथा अन्य उपहारहरु समेत पाउने युटिएसका मार्केटिंग अफिसर रितेश उपाध्यायले बताए । साथै, उनले दशैँ नजिकिदै गरेको समयमा गाडीकाे समस्या भएकाे जनाउँदै ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउन अनुरोध गरेकाे छ ।

टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अपग्रेड गर्ने अवसर प्रदान गरेकाे हो ।


Back_to_top