काठमाडौं । चिनियाँ ब्राण्ड होजोनले नेटा भी सिरिजमा थप दुई एडिसन थप गरेको छ । कम्पनीले चाओ ३०० र चाओ ४०० नामांकरण गरेर नयाँ दुई एडिसन सार्वजनिक गरेको हो ।
चिनियाँ बजारमा चाओ ३०० को १३ हजार २२५ अमेरिकी डलर र चाओ ४०० को १४ हजार ६९७ डलर तोकिएको छ । यी दुई एडिसनमा रेन्ज र मूल्यमा फरक पाउन सकिन्छ ।
कम्पनीले नेटा भीको केही फिचरलाई अपग्रेड गरेर चाओ ३०० बजारमा ल्याएको हो । यसमा लेदर स्टेरिङ, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, एलइडी लाइट जस्ता फिचर दिएको छ ।
नेटा भी चाओ ४०० भने थुप्रै सुरक्षा फिचरले भरी पूर्ण रहेको छ । अहिले नेपालमा विक्री हुँदै आएको मोडलमा नै थप फिचर दिएर यसलाई कम्पनीले अपग्रेड गरेको हो ।
यसमा ब्रेकिङ एसिस्ट, प्यारलल लाइन एसिस्टेन्स, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्टेन्स, एक्टीभ ब्रेकिङ, फ्रन्ट पार्किङ राडार, फुल स्पीड एडप्टीभ क्रुज कन्ट्रोल, अटोमेटेड पार्किङ, वायरलेस चार्जर, ड्राइभिङ रेकर्डर जस्ता विशेषता उपलब्ध छन् । यसमा लाइटहरु पनि अपग्रेड भएर आएका छन् ।
यी दुबै मोडलमा ४० किलोवाट र ७० किलोवाट क्षमताका दुई फरक मोटर दिइएको छ । ४० किलोवाट क्षमताको मोटर भनेको ५४ हर्स पावर हो भने, ७० किलोवाट भनेको ९५ हर्स पावर हो । यसको क्रुजिङ रेन्ज क्रमशः ३०० र ४०० किलोमिटर रहेको एनइडीसीले प्रमाणित गरेको छ । नेटा भीमा ३१.५ र ३८.५ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ ।

