भारतमा टोयोटाले इलेक्ट्रीक कार बनाउने

टोयोटाले भारतीय बजारलाई मध्यनजर गर्दै भारतमा इलेक्ट्रीक कार उत्पादन गर्ने घोषणा गरेको छ । टोयोटाको चिफ टेक्नोलोजी अफिसर सिगेकी तेरासीले ट्वीट गर्दै टोयोटाले भारतमा मारुतीसँग मिलेर नयाँ इलेक्ट्रीक कार बनाउने काम अगाडि बढाइरहेको जानकारी दिएका छन् ।

विभिन्न सुत्रले गरेको अनुमानलाई आधार मान्ने हो भने मरुती सुजुकीले परिक्षण गरिरहेको वागेन आरमा आधारित इलेक्ट्रीक कार यी दुबै कम्पनीले बजारमा उतार्ने छन् ।

विगत दुई वर्ष अगाडिदेखि यी दुई कम्पनीले सहकार्य गर्दै आएका छन् भने यी दुईको सहकार्यमा टोयोटाले ग्लान्जा ह्याचव्याक सार्वजनिक गरेको छ । जुन मारुती सुजुकी बलेनोको कस्मेटीक परिवर्तन हो ।

यदि यी दुई कम्पनीको पहिलो इलेक्ट्रीक कार वागेन आर हो भने उक्त कार एक पटकको फुलचार्जमा १३० किलोमिटर चलाउन सकिने बताइएको छ । अहिले कम्पनीले वागेन आरको ५० वटा प्रोटोटाईपलाई विभिन्न स्थानमा परिषण गरिरहेको छ । 

टोयोटाले जापानी बजारमा भने आफ्नो पहिलो इलेक्ट्रीक कारको भोलि सार्वजनिक गर्दैछ । कम्पनीले यो कार विशेषत पाका उमेर भएका मानिसलाई लक्षीत गरेर उत्पादन गरेको जनाएको छ । जसलाई छोटो दुरी यात्रा गर्न प्रयोग गर्न सकिने जनाइएको छ । 

कम्पनीले उक्त इलेक्ट्री कारलाई अक्टोबर २४ मा ६४ औं टोकियो मोटर शोमा सार्वजनिक गर्ने जनाएको छ । 

दुई जनाले मात्र यात्रा गर्न मिल्ने उक्त कारले एक पटकको फुल चार्जमा १०० किलोमिटर रेञ्ज प्रदान गर्ने जनाएको छ । उक्त इलेक्ट्रीक कारको उच्चतम गति भने ६० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ ।

२४९० एमएम लामो र १२९० एमएम चौडाई रहेको यो मिनि कारले बजारमा राम्रो प्रभाव पर्ने टोयोटाले जनाएको छ । 


Back_to_top