२० दिनपछि टोयोटाको नयाँ एसयूभी सार्वजनिक हुँदै, मूल्य १६ लाख यन

टोयोटाले आगामी महिना नोभेम्बर ५ तारिखमा नयाँ क्रसओभर एसयूभी सार्वजनिक गर्ने तयारी गरिरहेको वेष्टकारवेभ डट जेपीले खुलासा गरेको छ । कम्पनीले सन् २०१७ मा सार्वजनिक गरेको डाइहात्सुको डिएन–ट्रिक कन्सेप्टमा यसलाई बजारमा उतार्ने छ ।

टोयोटाले अन्तर्राष्ट्रिय बजारमा सबकम्प्याक्ट एसयूभीको माग बढ्दै गएकाले आफ्नो नयाँ एसयूभीको साइज ३९८० एमएम राखेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । तर, कम्पनीले नयाँ एसयूभीको नाम के राखेको छ भन्ने विषयमा भने कही खुलाइएको छैन । 

रग्ड स्टाइलमा निर्माण गरिएको यो एसयूभीमा एलइडी हेड ल्याम्प, एलइडी फग ल्याम्प दिइएको छ भने व्ल्याक रुफले एसयूभीलाई निकै स्टाइलिस देखाएको छ । 

कम्पनीले यसलाई टोयोटा रस बिक्री गर्दै आएको अन्तर्राष्ट्रिय बजारबाट बिक्री सुरु गर्ने जनाएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । 

डाएहात्सुको ‘डिएनजीए’ प्ल्याटफर्म उत्पादन गरिएको यो एसयूभीमा कम्पनीले पहिलो पटक १.० लिटर थ्री सिलिण्डर पेट्रोल इन्जिनको प्रयोग गरेको छ । यद्यपी कम्पनीले यसलाई फोर ह्वील र टु ह्वील दुबै ड्राइभिङ मोडमा उपलब्ध गराउने बताइएको छ । 

रिपोर्टकाअनुसार टोयोटाको यो नयाँ एसयूभीको मूल्य १६ लाखदेखि २२ लाख यनसम्म पर्ने जनाइएको छ । टोयोटा रस बिक्री वितरण भइरहेको बजारमा यसलाई कम्पनीले बिक्री सुरु गर्ने रणनीति बनाएको खण्डमा नेपाली बजारमा यसको प्रबेश सन् २०२० को मध्यसम्ममा भइसक्ने छ ।


Back_to_top