टोयोटा यारिसको नयाँ संस्करण सार्वजनिक, ५ स्टार सुरक्षा रेटिङ

काठमाडाैं । टोयोटाले भारतीय बजारमा यारिसको नयाँ संस्करण सार्वजनिक गरेको छ । कम्पनीले नयाँ यारीसको मूल्य ८ लाख ७५ हजार भारुबाट सुरु भएर १४ लाख ७ हजार रुपैयाँसम्म राखेको जनाएको छ । 

मे महिनाबाट प्रि–बुकिङ गरेका ग्राहकलाई डेलिभरी दिनसुरु गर्ने कम्पनीले जानएको छ । कम्पनीले पुरै भारतबाट बुकिङ लिइरहेको जनाएको छ । टोयोटा किर्लोस्कर मोटरका डेपुटी प्रबन्ध निर्देशक एन राजाले भने ‘हामीलाई विस्वास छ ग्राहकले बेस्डप्रइसमा विश्वस्तरिय टोयोटाका सेडान कार पाउने छन्, उनीहरुलाई यो निकै मन पर्ने छ । 

सेफ्टीलालाई ५ स्टार रेटिङ

टोयोटा यारिसलाई दक्षिणपूर्व एसियाली देशहरुको न्यू कार एसिस्मेन्ट प्रोग्राममा ५ स्टार रेटिङ दिइएको छ ।  सेफ्टीको लागि यसमा ७ एयर ब्याग, टायर प्रेशर मानिटरिङ सिस्टम, फ्रन्ट और रियर पार्किङ सेन्सर, ह्वालक स्टेविलिटी कन्ट्रोल, एन्टीलक ब्रेकिङ सिस्टम, ब्रेक असिस्ट र अल डिस्क ब्रेकजस्ता फिचरहरु रहेका छन् । 

कम्पनीले यो कार ३५ देखि ४० बर्ष उमेर समूहका अपर मिडिल क्लासलाई लक्षित गरेर बजारमा ल्याएको जनाएको छ । यो मिड साइज सेडानकाे होन्डा सिटी, मारुति सुजुकी सियाज, हुन्डाई भर्ना वीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

कम्पनीले यसलाई इटियोस सेडान भन्दा माथि र प्रिमियम क्लास सेडान कोरोलाको बीचको अप्सनको रुपमा बजारमा ल्याएको छ । 

पावर स्फेसिफिकेशन

कम्पनीले यस कारमा १.५ लिटर पेट्रोल इन्जिन दिएको छ । जसमा ६ स्पिड म्यानुयल र ७ स्पिड अटोमेटिक गियर बक्स दिएको छ । 


Back_to_top