बेलायती जनताको नजरमा २०१८ का उत्कृष्ट १० कार उत्पादक कम्पनी (सूचिसहित)

काठमाडौं । २०१८ का उकृष्ट कार उत्पादक कम्पनीहरुको सूची बेलायती अनलाइन अटो एक्सप्रेसले तयार गरेको छ । उपभोक्ताहरुको प्रतिकृयाका आधारमा यस्तो रेटिङ गरिएको हो । 

१०. जगुअर 

जगुअर कम्पनीले रेटिङमा ९०.६५ प्रतिशत अंक पाएको छ । जगुअरका कारमा २८.१ प्रतिशत फल्ट भेटिएको सहभागी उपभोक्ताले प्रतिकृया दिएका छन् । जगुअर बेलायतीकार निर्माता कम्पनी हो जसको स्वामित्व अहिले भारतीय सवारी उत्पादक कम्पनी टाटाले लिएको छ । 

९ माज्दा

जापानीकार उपादक कम्पनी माज्दा यो सूचीको ९औं स्थानमा रहेको छ । माज्दाका कारले ९०.७९ अंकको रेटिङ पाउँदा फल्ट भने १४.८ प्रतिशत पाइएको प्रतिकृया उपभोक्ताको छ ।

८ किया

कोररियाली कार उत्पादक कम्पनी कियापनि बेलायतीहरुको रोजाइमा परेको छ । किया २०१८ मा ८ औं स्थानमा रहेको छ, ९०.९७ प्रतिशत रेटिङ सहित । कियाका कारमा फल्ट भने १०.६ प्रतिशतमात्र भेटिएको छ ।

७ ल्यान्ड रोभर

ल्यान्ड रोभर बेलायती कार उत्पादक कम्पनी हो । ल्यान्ड रोभर ९१.०५ प्रतिशत अंक सहित ७ औं स्थानमा रहेको छ । ल्यान्ड रोभरका कारमा फल्ट भने १८.१ प्रतिशत भेटिएको उपभोक्ताको प्रतिकृया छ । 

६ स्कोडा 

चेक गणतन्त्रको कार निर्माता कम्पनी स्कोडा २०१८ को छैटौं उत्कृष्ट कार उत्पादक कम्पनी भएको छ । स्कोडाले ९१.१४ प्रतिशत अंक पाउँदा फल्टभने ८.८ प्रतिशतमात्र भएको प्रतिकृया भएको छ । 

५ फक्सवागन

जर्मन कार उत्पादक कम्पनी फक्सवागन बेलायतीहरुको नजरमा पाँचौं उत्कृष्ट कार उत्पादक कम्पनी बनेको छ । फक्सवागनले ९१.१५ प्रतिशत अंक पाउँदा कारमा देखिएको फल्ट ११.५ प्रतिशत रहेको प्रतिकृया पाएको छ । 

४ निसान

जापानीकार उत्पादक कम्पनी निसान उत्कृष्ट कार उत्पादक कम्पनीको सूचीमा चौथो स्थानमा रहेको छ । निसानका कारमा १०.३ प्रतिशत फल्ट रहेको बताईँदा रेटिङमा भने ९१.२८ प्रतिशत अंक पाएको छ । 

३ होन्डा 

जापानी कम्पनीहरुले उत्पादन गरेको कारमा बेलायतीहरुको धेरै विश्वास रहेको देखिन्छ । तेस्रो स्थानमा रहेको होन्डाले ९१.३६ प्रतिशत रेटिङ पाएको छ । त्यस्तै होन्डाका कारमा १४ प्रतिशत फल्ट भेटिएको प्रतिकृया उपभोक्ताको छ । 

२अल्फा रोमियो

अल्फा रोमियो कारको पर्फमेन्सका आधारमा यो कम्पनी दोस्रो उत्कृष्ट कार उत्पादक कम्पनी बनेको छ । अल्फा रोकियोले ९२.०९ प्रतिशत रेटिङ पाउँदा कार फल्ट भने २६.६ प्रतिशत रहेको प्रतिकृया छ । 

१ लेक्सस

बेलायतीकार उपभोक्ताको प्रतिकृयाका आधारमा लेक्सस उत्कृष्ट कार उत्पादकको सूचीमा पहिलो नंबरमा रहेको छ । लेक्ससले उपभोक्ता रेटिङमा ९२.२२ प्रतिशत अंक पाएको छ भने कारहरुमा ९ प्रतिशत फल्ट भटिएको प्रतिकृया छ । 


Back_to_top