आयो हुन्डाई आई २० फेसलिफ्ट, यस्ता छन् विशेषता, मारुति सुजुकी बलेनोसँग प्रतिस्पर्धा

काठमाडौं । हुन्डाई इलाइट आई २० प्रिमियम ह्याच ब्यागको रुपमा बजारमा आएसँगै यसको लोकप्रियता यति धेरै भयो कि यसले सेडान कारका शौखिनलाई पनि आफुतिर तान्न सफल भएको थियो । 

पछिल्लो दिनमा मारुति सुजुकी बलेनोसँग प्रतिस्पर्धा भइरहेको यस कारलाई कम्पनीले फेसलिफ्ट गरेर नयाँ फिचर थप गरेरी भारतीय बजारमा सार्वजनिक गरेको छ । 

कस्तो छ परिर्वतन

बेसीक डिजाइनमा कुनै परिर्वतन गरिएको छैन तर, फ्रन्ट भागमा नयाँ कर्वी हेक्सागोनल ग्रिल थप गर्नाले गाडीमा नयाँपन मात्रै होइन पहिलाभन्दा निकै प्रिमियम देखिएको छ । 

यो गाडीमा अर्को ठुलो परिर्वतन पछाडिको लाईट प्याट्रनमा गरिएको छ । यसमा प्रयोग भएको ब्याकलाईटले मसिर्डिज जीएलएको याद दिलाउनेछ । यसमा नयाँ डिजाइनको अलोहुईलसमेत दिइएको छ । 

इन्टेरियरमा पनि त्यति धेरै परिर्वतन गरिएको छैन । यसमा नयाँ इफोमेन्टेन्ट सिस्टम दिइएको छ । यसले जो कोहीलाई नोटिस गर्न बाध्य पारिएको छ । यो अब पहिलाभन्दा धेरै रेस्पोन्सीभ रहेको छ । एप्पल कार प्ले, एन्ड्रोइड अटोजस्ता फिचरलाई निरन्तरता दिइएको छ । यसमा साउन्ड क्वालिटी पहिला भन्दा निकै उत्कृष्ट रहेको छ । नयाँ एडिसनमा १२ भोल्टको युएसबी पोर्ट लगाईएको छ, जसको सहयोगले फास्ट चार्ज हुन्छ ।

सेफ्टी

फुल अप्सनमा ६ एयरब्याग दिइएको छ । २ एयरब्याग र एबीएस सबै भेरिएन्टमा उपलब्ध रहेको छ । यसमा कम्र्फट र प्रिमियम फिचर्सको लिष्ट निकै लामो रहेको छ । 

पावर

कम्पनीले आई २० को नै १.२ लिटर पेट्रोल इन्जिन र १.४ लिटरको डिजल इन्जिन दिइएको छ । १.२ लिटर इन्जिनको साथ अटोमेटिक ट्रान्समिसनको अप्सनसमेत उपलब्ध रहेको छ । डिजल इन्जिनमा ६ स्पिड गिएरबक्स दिइएको छ । यसमा दिइएको पेट्रोल र डिजल दुबै इन्जिन सहर र हाइवे ड्राइभको लागि राम्रो बनाइएको छ । 

पुरानोको तुलनामा नयाँ फेसलिफ्टले ९ प्रतिशत बढि माइलेज दिनेछ । यसको सस्पेन्सनमा केहि परिर्वतन गरिएको छ, जसले कार ज्यादा कन्फिडेन्टको साथ चलाउन सहयोग पुग्छ । 

प्रतिस्पर्धा

गाडीको क्वालिटीलाई प्राथमिकता दिने हो भने होन्डा ज्याजसँग यसको प्रतिस्पर्धा हुनेछ । यदि मूल्यलाई लिएर हेर्ने हो भने मारुति सुजुकी बलेनोसँग प्रतिस्पर्धा हुनेछ । केही भेरिएन्टको बलेनोको माइलेज यस कारको तुलना बढि भएपनि एलिट आई २० को क्वालिटी र प्रिमियमनेसमा यो सेग्मेन्टका गाडीको त कुरै छाडौ यस भन्दा माथिका सेग्मेन्टका पनि कति कारले प्रतिस्पर्धा गर्न सक्दैनन् । 

नेपालमा कहिले ?

यो कार नेपाली बजारमा अबको एक महिना भित्र आउने लक्ष्मी इन्टरकन्टिनेन्टलले जानकारी दिएको छ । कम्पनीको अनुसार अबको एक महिना भित्र नेपाली बजारमा यसको बिक्री वितरण सुरु हुनेछ । 


Back_to_top