काठमाडौं । अमेरिकी अटोमोबाइल कम्पनीलाई बचाउन भनेर राष्ट्रपति डोनाल्ट ट्रम्पले घोषणा गरेको नयाँ ट्यारिफ नीतिले उल्टो काम गरेको रिपोर्ट सार्वजनिक भएको छ ।
अमेरिकी अटोमोबाइल जायन्ट फोर्डले पहिलो क्वाटरमा ६५ प्रतिशतले नाफा घटेको रिपोर्ट सार्वजनिक गरको हो ।
कम्पनीले नयाँ कर नीतिको कारण सन् २०२५ मा नयाँ मोडल लन्च गर्न सकेको छैन । कम्पनीले सार्वजनिक गरेको रिपोर्ट अनुसार कम्पनीको गाडी बिक्री गरेर भएको आम्दानी ५ प्रतिशतले घटेर ४०.७ बिलियनमा सीमित भएको छ । नाफा भने गतवर्षको पहिलो क्वाटरको तुलनामा ६५ प्रतिशतले घटेर ४७१ मिलियन डलरमा सीमित भएको हो ।
फोर्डको केन्टुकी र मिचिगन प्लाण्टको उत्पादनमा गिरावट आएको छ । पहिलो क्वाटरमा फोर्डको होलसेल बिक्री ७ प्रतिशत घटेको हो । फोर्डले यो वर्षको आम्दानी १.५ अर्ब डलरले कम हुने प्रक्षेपण गरेको छ ।
ट्रपको दोस्रो कार्यकाल सुरू भएपछि फोर्डले विदेशमा बनाएर आयात गरेर बिक्री गरिरहेका मोडलहरू, स्टील, आल्मुनियम तथा विभिन्न अटोपार्ट्सहरूको मूल्य बढेको बताएको छ ।
कम्पनीका अनुसार कर नीतिमा भइरहेको हेरफेरका कारण २.५ अर्ब डलरको असर पर्ने छ ।