काठमाडौं । जगदम्बा मोटर्सले टीभीएस अपाचेको लोकप्रियता बढाउन थप काम सुरु गरेको छ । कम्पनीले ‘आपाचे ओनर ग्रुप’ (एओजी) बनाएर राइड आयोजना गर्ने क्रममा धनगढीमा ४० जना राइडरहरुको राइड आयोजना गरेको हो ।
धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रालिदेखि स्टेट ७ होटल गोदावरीसम्म आयोजना भएको उक्त राइडमा ४० जना राइडर सहभागी थिए । युटुवर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटिकर लोकेश ठकुरी लगायतको सहभागीता थियो ।
उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए ।
उनीहरुले भने ‘यो हाम्रो लागि गर्वको कुरा हो । नेपालको चर्चित एवं पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेका छौं ।’
टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा कार्यक्रम गरिसकेको छ । साथै, कार्यक्रमलाई आगामी बाँकी क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्स प्रालिले नेपालभर १३२ भन्दा बढी डिलरहरु मार्फत बजारमा बलियो उपस्थिति बनाउँदै लगेको छ ।

