काठमाडौं । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले टीभीएस इलेक्ट्रीक स्कुटरमा २५ हजार छुटको स्कीम सार्वजनक गरेको छ ।
कम्पनीले ल्याएको स्कीममा ग्राहकले टीभीएसको एकमात्र इलेक्ट्रीक स्कुटर आईक्यूव २५ हजार छुटमा किन्न सक्नेछन् ।
जगदम्वा मोटर्सले फेस्टिभ सिजनको अवसरमा एक्सचेन्जमार्फत टीभीएस इलेक्ट्रीक स्कुटर किन्न चाहने ग्राहकले उक्त छुट पाउने भएका हुन् ।
ग्राहकले आफुसँग भएको कुनैपनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग आईक्यूव स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् ।
यो स्कीम एक्सचेन्जमा मात्र लागू हुने कम्पनीले जनाएको छ । सिमित समयका लागि मात्र यो योजना ल्याइएको कम्पनीको भनाइ छ ।
मोटर क्षमता बढेर आयो आईक्यूव
यसअघि नेपालमा बिक्री भइरहेको टीभीएस आईक्यूमा ४ किलोवाट क्षमताको मोटर रहेको थियो । कम्पनीले ल्याएको नयाँ आईक्यूवमा ४.४ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ । यसले आईक्यूवको पावरलाई केही वृद्धि गरेको छ ।
यसका अलावा यसअघि १६ लिटरको बुट स्पेस भएकोमा अहिले ३२ लिटरको बुट स्पेस उपलब्ध छ । यस बाहेक अन्य कुनै परिर्वतन नभएको यो स्कुटर रातो कलरमा समेत उपलब्ध भएको कम्पनीले जनाएको छ ।
यो स्कुटरमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयोन ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
यसमा प्रयोग गरिएको ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिघन्टा रहेको छ । टीभीएस आईक्यूबमा ५ इन्चको टीएफटी डिस्प्लेका स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ । स्कुटरमा रिभर्स सहितको पावर तथा इकोनोमी मोड पाउन सकिन्छ ।
आईक्यूब स्कुटरको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ कायम गरेर कम्पनीले बिक्री गर्दै आएको छ ।


