टीभीएस आईक्यूवको सस्तो भेरियन्ट सार्वजनिक

काठमाडौं । टीभीएस मोटर्सले आइक्यूवको सस्तो भेरियन्ट भारतमा सार्वजनिक गरेको छ ।

सोमबार कम्पनीले आइक्यूवको वेस भेरियन्ट र टप भेरियन्ट सार्वजनिक गरेसँगै आइक्यूव अव ५ भेरियन्टमा उपलब्ध हुने भएको हो ।

कम्पनीले ल्याएको वेस भेरियन्ट आईक्यूवमा २.२ किलोवाट क्षमताको ब्याट्री प्याक रहेको छ । । त्यस्तै यसको टप भेरियन्टमा भने ५.१ किलोवाट क्षमताको ब्याट्री प्याक उपलब्ध छ ।

वेस भेरियन्ट आइक्यूवको अधिकतम गति ७५ किलोमिटर रहेको छ भने, यसको टप स्पीड समेत ७५ किलोमिटर प्रतिधन्टाको छ । यसको मूल्य ९५ हजार (एक्स सोरुम) भारतीय रुपैयाँ रहेको छ ।

त्यसैगरि टप भेरियन्टमा भएको ५.१ किलोवाट क्षमताको ब्याट्री प्याकले एकपटकको फुल चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यसको मूल्य १ लाख ८५ हजार ३७३ (एक्स सोरुम) भारतीय रुपैयाँ रहेको छ ।

आइक्यूवको सबै जसो भेरियन्टमा समान फिचर उपलब्ध छन् । आइक्यूवमा ५ इन्चको कलर टीएफटी स्क्रिन, नेभिगेशन, स्मार्ट कनेक्ट जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top