काठमाडौं । टीभीएस बाइक तथा स्कुटरका लागि नेपालको आधिकारीक वितरक जगदम्वा मोटर्सले टीभीएस एक्सचेन्ज जात्रा अफर ल्याएको छ । जगदम्वा मोटर्सको सतुगंल शोमरुको सहकार्यमा कम्पनीले यो एक्सचेन्ज अफर ल्याएको जनाएको हो ।
यो एक्सचेन्ज अफरमा कुनैपनि कम्पनीका जुनसुकै अवस्थाको बाइकको न्यूनतम मूल्य २५ हजार दिने जनाइएको छ । साथै यो योजनमा बाइक खरिदगर्दा ग्राहकले स्क्रयाच मार्फत न्यूनतम १० हजारदेखि १ लाखसम्म क्यास छुट, टीभीएस हेल्मेट, रेनकोट, बाइक कभर, टीभीएस ब्याग जस्ता थुप्रै उपहार प्राप्त गर्ने छन् ।
यो योजनमा ग्राहकले सजिलै फाइनान्स सेवासमेत पाउने छन् भने शुन्य प्रतिशत व्याजदरमा बाइक तथा स्कुटर किन्न पाउने छन् । सतुगंल स्थित फ्रस्ट च्वाइस अटोमोवाइल्स् शोरुममा बैशाख ३० गते देखि जेठ २ गतेसम्म यो एक्सचेन्ज जात्रा चल्नेछ ।


