सुजुकी इग्निसमा ४ लाख नगद छुट, अन्य गाडीमा पनि अफर

काठमाडौं । मारुती सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले इग्निसमा विशेष अफर ल्याएको छ । सिजी मोटोकर्पले आफ्नो कम्प्याक्ट ह्याचब्याक कार इग्निसको खरिदमा ४ लाखसम्म नगद छुटसहित सरप्राइज अफर ल्याएको हो । 

कम्पनीले इग्निसको खरिदमा ३ लाखसम्म नगद छुट दिने भएको छ । त्यस्तै अन्य पुराना गाडी दिएर इग्निस खरिद गर्न चाहने ग्राहकलाई थप १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस दिने जनाएको छ । 

यो अफर इग्निस २०१७ मोडलमा लागु हुने कम्पनीको भनाई छ । हालै सार्वजनिक गरेको यो योजना सिमित अवधिका लागि मात्र लागु हुने जनाइएको छ ।

यसका साथै कम्पनीले नयाँ वर्षको अवसर पारेर आफ्ना बिभिन्न मोडलमा ‘सुजुकी सरप्राइज’ अफर चालु गरिरहेको छ । यस योजना अन्तर्गत गाडी किन्ने ग्राहकले ४ लाखसम्मको नगद छुट, १ लाखसम्मको एक्स्चेन्ज बोनस, एक वर्षको निःशुल्क बीमाजस्ता अफर प्रदान गरेको छ ।

यो योजना अन्तर्गत गाडी किन्न चाहने ग्राहकले सुजुकीको नेपालभर रहेका कुनैपनि डिलरहरुबाट गाडी खरिद गर्न सक्ने छन् । नेपालमा सुजुकीले १५ मोडलको बिक्री वितरण गरिरहेको छ । 

अल्टो, के १०, न्यू विग वागेन–आर, सेलेरियो, सेलेरियो एक्स, इग्निस, स्वीफ्ट, बलेनो, डिजायर, भिटारा ब्रेजा, ओम्नी भ्यान, कार्गोभ्यान, सुपर क्यारीजस्ता मोडल बिक्री वितरण हुँदै आएका छन् ।


Back_to_top