टीभीएसले ल्यायो गज्जबको अफर, मोटरसाइकल किन्दा ५ वर्षसम्म पेट्रोल फ्री !

काठमाडौं । मध्यपूर्वमा चर्किएको द्धन्द्धका कारण पेट्रोलियम पद्धार्थको भाउ ह्वात्तै आकाशिएको छ । १ महिना अघि प्रतिलिटर १६० रुपैयँमा पाइने पेट्रोलको मूल्य अहिले १८७ रुपैयाँ पुगिसकेको छ । अझ भारतबाट आएको मूल्य अनुसार बढाउने हो भने पेट्रोलको मूल्य प्रतिलिटर २३४ रुपैयाँ पुग्ने नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलको मूल्य बढिरहँदा ग्राहक तान्न नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले भने गज्जबको अफर ल्याएको छ । कम्पनीले ल्याएको ‘टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा’ अफर अन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले ५ वर्षसम्म पेट्रोल निःशुल्क पाउने भएका हुन् ।

यद्यपि, यो सुविधा सबै ग्राहकले भने पाउने छैनन् । कम्पनीका अनुसार यस अफर अन्तर्गत टीभीएसको मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकमध्येबाट हरेक दिन लक्की ड्रमार्फत दुई जनाले १ देखि ५ वर्षसम्म पेट्रोल निःशुल्क पाउने भएका हुन् ।

ग्राहकले दैनिक २५ किलोमिटर गुडाउने गरी प्रतिलिटर ४० किलोमिटर माइलेजका दरले हिसाब गरी पेट्रोल उपलब्ध गराइने कम्पनीले जनाएको छ । यस आधारमा ग्राहकले मासिक १८ लिटर हाराहारी पेट्रोल पाउने देखिन्छ ।

त्यस्तै, यही अफरमा ग्राहकले दैनिक अधिकतम ५ लाख रुपैयाँसम्मको छुट पाउने कम्पनीले जनाएको छ । मोटरसाइकल वा स्कुटर खरिदलाई अझ सहज बनाउन सरल फाइनान्स स्कीम पनि ल्याएको छ । ग्राहकले मासिक न्यूनतम २ हजार ९६७ रुपैयाँमै किस्ताबन्दी सुविधा पनि पाउने छन् ।

ग्राहकले आफूसँग भएको कुनै पनि ब्राण्डको पुरानो दुईपाँग्रे सवारी साधन टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सक्नेछन् ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकको यात्रा अझ अर्थपूर्ण र रमाइलो बनाउने उद्देश्यले नयाँ वर्ष योजना ल्याइएको बताए ।

‘नयाँ वर्ष नयाँ सुरुवातको समय हो । र टीभीएससँग नयाँ वर्षको निरन्तर यात्रा मार्फत हामी हाम्रा ग्राहकहरूको यात्रा अझ अर्थपूर्ण र रमाइलो बनाउने लक्ष्य राखेका छौं। यो विशेष प्रस्ताव केवल लाभ मात्र नभई दीर्घकालीन सन्तुष्टि र सहजता प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रतीक हो,’ उनले भने ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले आफूहरू ग्राहक केन्द्रित हुँदै नवीन विशेष योजना ल्याइएको बताए ।

‘हामी सधैं ग्राहक केन्द्रित र नवीन विशेष प्रस्तावहरू ल्याउन प्रतिबद्ध छौं । यो नयाँ वर्ष विशेष प्रस्ताव त्यसैको निरन्तरता हो । जसले किफायतीपन, उत्साह र वास्तविक फाइदाहरूलाई एकसाथ ल्याएर टीभीएस स्वामित्व अनुभवलाई अझ उत्कृष्ट बनाउँछ,’ उनले भने, ‘साथै, यो अफर नगद, एक्सचेन्ज तथा फाइनान्स तीनै माध्यममा उपलब्ध रहेको छ।’

साथै, ग्राहकले कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल र स्कुटरमा उत्कृष्ट मूल्यांकन पाउने उनको भनाइ छ । टीभीएसले यस अफरमार्फत आफ्ना ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विश्वसनीयता, प्रदर्शन र मूल्यमा आधारित अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।


Back_to_top