यस्तो छ टीभीएसको नयाँ एनटर्क १२५ (फोटो–फिचर)

काठमाडौं । स्कुटर अफ द इयरको अवार्ड बिजेता टीभीएस एनटर्क १२५ को २०२० भर्सन मोटो शोल २०१९ मा प्रदर्शन गरिएको छ । पहिलो पटक सार्वजनिक भए लगत्तै बजारमा लोकप्रियताको शिखर चुमेको यो स्कुटरको फेसलिफ्ट मोडल सावजनिक गर्ने कम्पनीले तयारी गरिरहेको छ ।

अक्टोवर १८ र १९ मा भारतको गोवामा सम्पन्न भएको टीभीएस माटो शोल २०१९ मा नयाँ एनटर्क २०२० को प्रदर्शनी गरिएको नयाँ एनटर्कले उक्त मोटो शोलमा आगन्तुकको ध्यान आर्कषण गर्न सफल भएको थियो । उक्त कार्यक्रममा एनटर्क स्कुटरको बिभिन्न एक्टीभिटीहरु समावेश थियो ।

एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा रहेको छ । हाल हेलोजीन हेडल्याम्प रहेको स्कुटरमा अझै धेरै भिजिवलिटी सहितको नयाँ डिजाइनको एलइडी हेडल्याम्पमा दिइएको हो 

एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ । आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ ।

सार्वजनिक भएको छोटो समयमा एक लाखको माइलस्टोन पुरा गरेको यो स्कुटरले सुजुकी एसेस, होन्डा ग्राजिया जस्ता स्कुटरसँग प्रतिस्पर्धा गरिरहेको छ । कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । तर, नयाँ स्कुटर भारतीय प्रदुषण मापदण्ड बीएस ६ इन्जिनमा आउने छ । 

टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ । 

नयाँ फेसलिफ्टको मूल्य हालको भन्दा ४ हजार भारतीय रुपैयाँ महंगो हुने अनुमान रहेको छ ।

नेपाली बजारमा समेत लोकप्रिय रहेको यो स्कुटर भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाली बजारमा भित्रने छ । 


Back_to_top