काठमाडौं । टीभीएसले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले सार्वजनिक गर्ने तयारी गरेको नयाँ मोटरसाइकलको टिजर सार्वजनिक गरेको हो ।
केही समय अगाडि टीभीएसले पेटेन्ट दर्ता गरेको मोटरसाइकल १६५ आरपी रेसको अफिसियल टिजर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गर्ने तयारी गरेका १६५ आरपी अपाचे आरटीआर १६० फोर भीमा आधारित मोटरसाइकल हुने अनुमान गरिएको छ । कम्पनीले आरटीआर १६० फोर भीमा आधारित ‘रेस पर्फमेन्स’ आरपी मोटरसाइकलको १४ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो । कम्पनीले भविष्यमा सबै आरटीआर सिरिजका मोटरसाइकललाई आरपी भेरियन्टमा ल्याउने सक्ने बताइएको छ ।
सार्वजनिक भिडियोमा धेरै नयाँ कुरा देखाइएको भने छैन् । टीभीएसले १६५ आरपीमा १६० फोर भीमा रहेको १५९।७ सीसी सिंगल सिलिन्डर इन्जिनलाई परिमार्जन सहित प्रर्योग गर्ने अनुमान गरिएको छ । यो इन्जिनले १७।६३ बीएच पावर तथा १४।७३ एनएम टर्क जेनेरेट गर्छ । यसलाई अझै परिष्कृत गर्दा यसको पावर बढ्ने देखिन्छ । अपाचे आरटीआर १६० फोर भी पावरको तुलना गर्दा सेग्मेन्ट लिडर रहेको छ ।
टीभीएसले आपचे आरटीआर १६५ आरपीलाई १६० फोर भीको तुलनामा अझै स्पोर्टी बनाउने छ । १६० फोर भीको तुलनामा यसको राइडिङ पोस्चर अझै एग्रेसिभ हुनेछ भने यसको सिट हाइट केही कम हुने अनुमान गर्न सकिन्छ । त्यस्तै यसमा क्लिप अन ह्यान्डलबार र यसको फुटपेग्स १६० को तुलनामा केही पछाडि माउन्ट गरिएको छ ।


