बुधबारदेखि टीभीएसका ५ नयाँ मोडल बिक्री सुरू, कन्सेप्ट पनि आउने

काठमाडौं । जगदम्बा मोटर्सले पहिलो पटक आयोजना हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा विभिन्न नयाँ मोडल प्रदर्शन गर्ने भएको छ । कम्पनीले एक कन्सेप्ट मोडल बाहेक अन्य ५ मोडल बिक्री सुरू गर्ने भएको हो ।

कम्पनीले ३१० सिरिजका दुई मोडल, रोनिन, एनटर्क १२५ र रेडिअन आइ-गो सहित नयाँ कन्सेप्ट मोडल अटो एक्स्पोमा देखाउने भएको हो । कम्पनीले देखाउन लागेको आरटीआर ३१० नयाँ मोडल हो ।

अपाचे आरआर ३१०, एनटर्क, रोनिन र रेडर १२५ को अपडेटेड मोडल बिक्री सुरू गर्न लागेको हो । कम्पनीले देखाउन लागेको कन्सेप्ट मोडल भने कुन हो भन्ने जानकारी दिएको छैन । तर, रोनिनकै स्क्रयाम्बलर मोडल हुने अनुमान गरिएको छ ।

त्यस्तै, जगदम्बा मोटर्सले पहिलो पटक नेपालमा कन्सेप्ट मोडल प्रदर्शन गर्न लागेको छ । टीभीएस मोटर्सले भारतीय बजारमा केही समय अगाडि ४ भेरियन्टमा रोनिनको नयाँ कन्सेप्ट मोडल प्रर्दशन गरेको थियो । त्यसमध्ये कुनै एक भेरियन्ट नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक हुनेछ ।

कम्पनीले प्रदर्शन गरेको सबै भेरियन्टको आ-आफ्नै युनिक डिजाइनमा प्रदर्शित गरेको छ । कम्पनी परिमार्जन गरेर देखाएको रोनिन नाम पनि फरक दिएको छ । एगोण्डा, मुसाशी, वाकिजाशी र एसआरसी नाम दिएर फरक ४ मोडल देखाइएको हो ।

यी मध्ये एसआरसी स्क्रयाम्बलर डिजाइनमा देखाइएको हो । कस्टोमाइज्ड रोनिन एसआरसीमा अफरोड क्षमताका वृद्धिका लागि सेमी नोबी सिन्को टायरका साथै, स्पोक ह्वील दिएको छ । टीभीएस रोनिनमा भने अलोय ह्वीलका साथै अनरोड टायरमा उपलब्ध छ ।

रोनीन एसआरसीमा हाई माउन्ट डबल एक्जष्ट दिइएको छ । यसको एआरसीलाई पूर्णता स्क्रयाम्बलर लुकमा देख्न सकिन्छ ।


Back_to_top