काठमाडौं । मारुति सुजुकीको लागि नेपालको आधिकारीक बिक्रेता सिजी मोटोर्कपले भिटारा ब्रेजाको मूल्यमा भारी कटौति गरेको छ ।
कम्पनीले नेपाली बजारमा बेच्दै आएको ब्रेजा डिजेल इन्जिन गाडी हो । १५०० सीसीसम्मका डिजेल गाडीमा अन्तःशुल्क नबढेकाले कम्पनीले ब्रेजाको मूल्य घटाएको जानकारी दिएको छ ।
‘हामी जसरीपनि यो एसयुभी सेग्मेन्टमा नेपाली बजारमा पहिलो हुन चाहन्छौं । हाम्रालागी यो सबैभन्दा उत्तम अवसर हो’ सिजी मोटोकर्पका कार्यकारी निर्देशक करणकुमार चौधरीले मेरोअटोसँग भने ।
कम्पनीले यसमा नाफाभन्दा सेग्मेन्ट लिडर बन्ने योजना अनुसार डिलर र कम्पनीको नाफामा भारी कटौति गरेरी ग्राहकलाई फ्ल्याटमा ३ लाखदेखि ३ लाख ५० हजारसम्म मूल्य घटाएर गाडी दिन लागेको उनले जानकारी दिए ।
‘अन्य कम्पनीले एसयुभीमा मूल्य बढाउनुपर्ने छ, हामी मूल्य घटाएर बिक्री गर्नसक्ने अबस्थामा छौ, यसले समग्रमा प्यासेन्जर कार डिभिजनमा हामीलाइ पहिलाे बनाउँने छ’ चौधरीले भने ।
कम्पनीले नयाँ आउने गाडीमा पनि यो स्किम जारी रहने र ब्रेजा आफ्नो सेग्मेन्टमा पहिलो बन्ने उनको दाबी रहेको छ ।
यस्तो छ ब्रेजा
भिटारा ब्रेजामा १.३ लिटरको ४ सिलिन्डर डिजेल इन्जिन छ । यसले ४००० आरपीएममा ९० पीएस पावर र १७५० आरपीएममा २०० एनएम टर्क प्रदान गर्छ ।
कम्पनीका अनुसार यसले २४.३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको ग्राउन्ड क्लियरेन्स १९८ मिलिमिटर छ भने बुट स्पेस ३२८ लिटर छ ।
ब्रेजा नेपाली बजारमा विभिन्न ७ भ्यारियन्ट उपलब्ध छ । यसको सूरुवाति मूल्य ३७ लाख ४९ हजार रुपैयाँदेखि ४५ लाख ९९ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको थियो । अब यो मूल्यमा ३ देखि ४ लाखसम्म घट्ने छ । ब्रेजाका सबै भेरियन्ट डिजेल इञ्जिनमा मात्र उपलब्ध छन् ।