फक्सवागनले टी-स्पोर्ट एसयूभीसहित ४ नयाँ कार भारतमा बनाउँदै

फक्सवागनले नयाँ एसयूभी मोडल टी–स्पोर्ट निर्माण गरिरहेको छ । यसको साथै, कम्पनीले सन् २०२० सम्ममा पोलोको नयाँ संस्करणसमेत ल्याउने घोषण गरिसकेको छ । 

कम्पनीले टी–क्रसमा आधारित रहेर टी स्पोर्ट मोडल ल्याउने भएको हो । स्टान्र्डड पोलोको इन्जिन र गियरबक्समा निर्माण हुने उक्त एसयूभी आगामी वर्ष सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

बजारमा क्रस ह्याचब्याक भर्सनमा आउने मोडलको अत्याधिक माग बढ्दै गएकाले कम्पनीले नयाँ मोडल ल्याउन लागेको हो । 

केही समयदेखि पोलोको व्यापारमा आएको कमिका कारण कम्पनीले कस्मेटिक परिमार्जन सहित ल्याउने पोलोले राम्रो बजार पाउने अपेक्षा गरेको छ ।  

कम्पनीले टी–स्पोर्ट एसयूभीबारे भने अन्य जानकारी सार्वजनिक गरेको छैन । यो मोडल होन्डाको एचआरभी सँग मिल्दोजुल्दो रहेको छ । भारतमा फक्सवागन कम्पनीले आफ्नो सहायक ब्रान्ड स्कोडासँगको सहकार्यमा २.० अवधारणालाई अगाडि बढाइरहेको छ । 

कम्पनीले सोही अवधारणामा आधारित हुदै भारतीय बजारमा चारओटा नयाँ मोडल ल्याउने तयारीलाई तिव्रता दिएको हो । जसमध्ये, इन्डिया स्पेक स्कोडा कमेक, भीडब्लूको सेटमा निर्माण हुने टी–क्रस एसयूभी, अल न्यु पोलो र टी–स्पोर्ट एसयूभी रहेका छन् । 

कम्पनीले टी–क्रस एसयूभीमा १.० लिटर र १.५ लिटर टीएसआई पेट्रोल मोटर लगाउने तयारी गरेको छ । यसले हुन्डाई क्रेटा, टाटा ह्यारिएर र किया एसपी–१ एसयूभीसँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । 


Back_to_top