फक्सवागनले भारतीय बजारमा पोलो र भेन्टोको फेसलिफ्ट मोडल सार्वजनिक गरेको छ । कम्पनीले पोलोको फेसलिफ्ट भर्सन ५ लाख ८२ हजारदेखि ९ लाख ८८ हजार भारुमा बिक्री गर्ने भएको छ भने भेन्टोको फेसलिफ्ट मोडलको मूल्य ८ लाख ७६ हजार भारुमा तोकेको छ ।
यी दुबै मोडलका कार नेपाली बजारमा पुजा इन्टरनेशनलले बिक्री गर्दै आएको छ ।
फेसलिफ्ट मोडलमा नयाँ ग्रिल, फ्रन्ट बम्पर र टेल लाइट तथा अलोय ह्वीलमा ठूलो परिमार्जन गरिएको छ ।
दुबै कारमा कनेक्टीभिटी फिचर दिइएको कम्पनीले जनाएको छ । यसले ट्रिप ट्राकिङ, ड्राइभरको व्यवहार, लोकेशन सेयरिंग, फ्युल मनिटरिङ लगायतका सिस्टमको व्यवस्थापन गर्नेछ । यी मोडलमा सिटवेल्ट रिमाइन्डर सिस्टम, रियर पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम, डबल एयरब्याग, एबीएस, इबीडी जस्ता विशेषता समेटिएको छ ।
नयाँ पोलोमा उपलब्ध १.० लिटर न्याचुरल्ली एस्पायस्र्ड पेट्रोल इन्जिनले ७६ हर्षपावर र १.५ लिटर डिजेल इन्जिनले ९० हर्षपावर उत्पादन गर्ने कम्पनीले जनाएको छ । यस्तै, भेन्टोमा उपलब्ध १.६ लिटर पेट्रोल इन्जिनले १०५ हर्ष पावर उत्पादन गर्छ भने, १.२ लिटर टर्बाे पेट्रोल इन्जिनले पनि १०५ हर्ष पावर नै उत्पादन गर्छ ।


