केटीएमले नेकेट स्ट्रिट फाइटर बाइक ड्युक ७९० यही वर्ष सार्वजनिक गर्ने तयारी गरिरहेको छ । पावरफुल इन्जिन सहित भारतीय बजारमा आउने यो मोटरसाइकलको मूल्य करिब ८ लाख ५० हजार भारु निर्धारण गर्ने अनुमान लगाइएको छ ।
यो मोटरसाइकलमा ४३ एमएम अपसाइड डाउन फ्रन्ट फर्क र रियरमा प्रि–लोड एडजसटेबल मनोशक लगाइएको छ । यस्तै फ्रन्टमा ट्वीन ब्रेक र रियरमा सिंगल डिस्क ब्रेक दिइने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।
यसमा ७९९ सीसी, लिक्वीड कुल्ड एलसी ८ सि प्यारालल ट्वीन मोटर लगाइएको छ । यसले ९ हजार आरपीएमममा १०५ पीएस पावरका साथै ८ हजार आरपीएममा ८६ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।
स्पोर्ट, स्ट्रिट, रेन र ट्राकगरि चार ओटा राइडिंग मोड दिइएको रहेको मोटरसाइकलमा एबीएस, ट्राक्सन कन्ट्रोल, ह्वील कन्ट्रोल लगायतका विशेषता दिइएको कम्पनीले जनाएको छ ।
यस मोटरसाइकलले कावासाकी जेड ९००, ट्रायफ स्ट्रिट ट्रिपल र डुकाटी मोन्सटर मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

