दशैंमा बजाजका बाइक किन्ने तयारी गर्दै हुनुहुन्छ ? यस्तो छ १३ भेरियन्टको मूल्य

काठमाडौं । बजाज अटोको लागि नेपालकोे आधिकारीक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपालमा नै बजाजका बाइक उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ ।

बजाज नेपालमै मोटरसाइकल एसेम्बलिङ्ग गर्ने पहिलो कम्पनी पनि हो । हुलास अटो क्राफ्टले नेपालमा बजाजाका ३ मोडलका १० भेरियन्टका बाइक उत्पादन गर्दै आएको छ । 

कम्पनीले नेपालमा बिक्री गर्ने तीन एक मोडलको ३ भेरियन्ट मात्र आयात गर्दै आएको छ । बजाज एभेन्जर सिरिज भारतमा उत्पादन भएर नेपाली बजारमा आउने छ भने अन्य बाइकको नक डाउन किड ल्याएर यही एसेम्बल गर्दै आएको छ ।

बजाजले आफ्नो सबैभन्दा कम मूल्यको बाइक १ लाख ६४ हजार ९ सय रुपैयाँमा बिक्री गरिरहेको छ भने सबैभन्दा महंगो बाइक ३ लाख ३९ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ । 

कम्पनीको सबैभन्दा सस्तो मूल्यको बाइक प्लाटीना १०० इएस र सबैभन्दा महङ्गो मूल्यको वाइक एभेन्जर २२० क्रुज हो ।

१२५ सीसीको इन्जिनमा उपलब्ध डिस्कभर ड्रम १ लाख ८३ हजार ९ सय, डिस्क १ लाख ९१ हजार  ९ सय र एसटी २ लाख १ हजार ९ सय रुपैयाँमा बिक्री हुदै आएको छ ।

कम्पनीले पल्सर सिरिज अन्तर्गत पल्सर–१५०, पल्सर १५० टीडी, पल्सर एनएस १६०, पल्सर एनएस १६० टीडी, पल्सर १८०, पल्सर एनएस २००, पल्सर २२० एफ र एभेन्जर सिरिज बिक्री गर्दै आएको छ ।  

विगत लामो समयदेखि नेपाली बजारमा एकछत्र राज गर्दै आएको बजाजको पल्सर सिरिज नेपालमा निकै चर्चित रहँदै आएको छ । 

चाडपर्वमा बजाजको ‘भविष्यवाणी’

बजाजले आगामी चाडपर्व दशैं, तिहार तथा छठलाई मध्यनजर गर्दै ‘ भविष्यवाणी’ योजना ल्याएको छ । कम्पनीले ल्याएको नयाँ अफरमा बाइक किन्नुअघि नै ग्राहकले आफुले कति नगद जितेको छु भन्ने थाहा पाउने छन् ।

‘अब कति जितिन्छ, पहिल्यै देखिन्छ’ ट्यागलाइन सहित आएको यस अफर योजनामा ग्राहकले बाइक किन्नुअघि नै  एक लाख रुपैयाँसम्म नगद जित्न सक्ने छन् । भने बाइक किनिसकेपछि पनि १ लाख रुपैयाँसम्म जित्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले यो योजना आफुले बिक्री गर्दै आएको सबै मोडलमा लागु हुने जनाएको छ ।


Back_to_top