आयो भोल्भोको ३ सिट भएको नयाँ एसयूभी, १७ इन्चको टचस्कृन

भोल्भोले भारतीय बजारमा निकै चाखलाग्दो एसयूभी ‘एक्ससी ९०’ सार्वजनिक गरेको छ । 

यो गाडीलाई निकै चाखलाग्दो एसयूभी भन्नुको मुख्य कारण यसमा तीन सिट मात्र दिइएको छ । निकै ठूलो प्रिमियम एसयूभीमा तीन सिट मात्र हुनुले यो एसयूभी सार्वजनिक सँगै निकै चर्चामा रहेको छ । 

कम्पनीले यो सुविधासहितको भोल्भो एक्ससी ९० केही यूनिट मात्रै उत्पादन गर्ने जनाएको छ । कम्पनीले यो गाडीको भारतीय बजारमा १ करोड ४२ लाख भारु मूल्य निर्धारण गरेको छ । 

कम्पनीले यसमा अगाडिको को–ड्राइभर सिट हटाएको छ भने पछाडि दुई सिट दिएको छ । अगाडिको एउटा सिटको स्थानमा ट्रे राखिएको छ भने अगाडि ठूलो टचस्कृन दिइएको छ ।

यसमा दिइएको १७ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टममा पछाडि बस्ने यात्रुले मनोरञ्जन लिन सक्ने छन् । गाडीमा रहेका अधिकांश फिचरहरु पछाडि सिटमा बसेर नै यात्रुले चलाउन सक्ने छन् । 

यस एसयूभीमा टी ८ ट्वीन हाइब्रिड इन्जिन दिइएको छ । २.० लिटर टर्बो सुपरचार्ज्ड इन्जिनले ३२० बीएच पावर जेनेरेज गर्छ । यसमा रहेको इलेक्ट्रीक मोटर समेत एकै पटक संचालन हुँदा यसको पावर बढेर ४०७ बीएच हुन्छ । साथै उक्त इन्जिनले ६४० एनएम टर्क जेनेरेट गर्छ । ८ स्पीड अटोमेटिक गियरबक्स रहेको यो एसयूभी अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध रहेको छ । 


Back_to_top