दशैंअघि नेपाल आउँदै नयाँ पोलो, टिएसआई इन्जिनले बढ्यो पावर

काठमाडौं । पोलो फक्सवागनको चर्चित ह्याचव्याक कार हो । नेपालमा पुजा इन्टरनेशनल नेपालले बिक्री वितरण गर्दै आएको पोलोको नयाँ भर्सन दशैंअघि नै नेपालमा बिक्री सुरु हुने भएको छ ।

फक्सवागनको पोलो अहिले नेपालमा चल्तीको ह्याचव्याक कार हो । १.० लिटर इन्जिनमा उपलब्ध पोलो अब भने १.० टिएसआई इन्जिनमा आउन लागेको हो । टर्बो इन्जिनको पावरले यसलाई सेग्मेन्टकै पावरफुल कार बनाउने भएको छ ।

‘फक्सवागनले कम मूल्यका कार पनि पावर र पर्फमेन्समा उत्कृष्ट होस् भनेर भारतीय रणनीति २.० मा आधारित रहेर तयार गरेको टिएसआई इन्जिनमा नयाँ पोलो आउने छ’, पुजा इन्टरनेशनल नेपालका बिजनेश हेड विशाल घिमिरेले भने ।

नयाँ टिएसआई पोलोले अधिकतम ११० हर्स पावर र १७५ एनएम टर्क प्रदान गर्ने छ । यसमा कम्पनीले ६ स्पीड म्यानुयल र ७ स्पीड डिएसजी गियरबक्स दिएको छ ।

यसको एक्सलरेशन पनि निकै उत्कृष्ट रहेको छ । नयाँ पोलोले सून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको रफ्तार भेट्न केबल ९.९७ सेकेन्ड मात्रै लगाउने छ । यो निकै छिटो रफ्तार पकड्न सक्ने भारतमा उत्पादन भएको ह्याचव्याक कार हो । यसको उच्चगति क्षमता १९२ किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

कम्पनीले यसको इन्टेरियर पनि निकै उत्कृष्ट बनाएको छ । सयमा दिइएको टचस्कृन केही सानो छ । यद्यपी झट्ट हेर्दा ड्यासबोर्डमा निकै उत्कृष्ट देखिन्छ । ६.५ इन्चको टचस्कृन यसमा दिइएको छ । जसले एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ ।

यसको इन्ट्रुमेन्टल क्लष्टर निकै स्पोर्टी रहेको छ । लेदर र्याप फ्ल्याट बटम स्टेरिङ ह्वील, ग्रे र व्ल्याक थिममा तयार भएको क्याविन, विभिन्न स्थानमा प्रयोग भएको क्रोम हाइलाइटले नयाँ पोलो निकै आकर्षक देखिएको छ ।


Back_to_top