काठमाडौं । लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एसएमएल इसुजुका बस, मिनिबस तथा ट्रकहरुको खरिदमा विशेष योजना ल्याएको छ । कम्पनीले ल्याएको योजनामा गाडी खरिद गर्ने ग्राहकले ६ महिनासम्मको मासिक किस्ता तिर्नु पर्ने छैन । कम्पनीको यस योजनामा गाडी किन्ने ग्राहकले आम्दानी गर्नु अगावै बचत गर्ने मौका पाउने छन् ।
कम्पनीले ल्याएको यो योजना यस प्याकेजमा आबद्ध बैंक मार्फत फाइनान्स गरिएका मोडेलहरुमा मात्र लागु हुने जनाएको छ । यस प्याकेज मार्फत ग्राहकहरुले आफुले खरिद गरेको कमर्सियल भेहिकलबाट हुने आम्दानी अगावै बचत गर्न सक्नेछन् । यस्का साथै ग्राहकहरुले नि:शुल्क १ वर्षको बीमा, निस्शुल्क १ वर्षको सडक कर, सरल फाइनान्स सुविधा, स्पट एक्सचेन्ज र ३ वर्षको वारेन्टी पाउने छन् ।
लक्ष्मी कमर्सियल भेहिकल प्रालिले विभिन्न किसिमका बसहरु, व्यापारिक/निजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु बिक्री वितरण गर्दै आएको छ । अहिले कमपनीसँग एस७ सिरिजका बस, स्टायडर्ड बस, एजुकेटीभ एलएक्स कोच, इको म्याक्स मिनिवस, स्मार्ट जीएस सिरिजका ट्रक, टिपर र सतार्ज ४ ह्वील गाडीहरु रहेका छन् ।
ग्राहकहरुको आवश्यकता अनुसारका एसएमएल इसुजुका गाडीहरु विगत ३३ वर्ष अघिदेखि नेपालमा बिक्री वितरण हुँदै आएका छन् ।

