एक्सपल्स २०० टीको नयाँ भर्सन सार्वजनिक

काठमाडौं । हिरो एक्सपल्स २०० टीको नयाँ भर्सन सार्वजनिक भएको छ । कम्पनीले २०२३ मोडलको एक्सपल्स २०० टी सार्वजनिक गरेको हो ।

एक्सपल्स २०० टीमा विभिन्न अपेडटसतिह नयाँ इन्जिनमा ल्याएको हो । नयाँ मोडल एक्सपल्स २०० टी पहिलाभन्दा धेरै टुरिङ फ्रेन्ड्ली भएको कम्पनीको दावी छ ।

नयाँ भर्सन २०० टीको फ्रन्टमा सानो साइजको भाइजर दिएको छ भने, यसको सस्पेन्सनमा एक्सपल्स २०० फोर भीमा जस्तै फर्क गेटस् दिइएको छ । त्यस्तै, नयाँ भर्सन २०० टीको फ्रन्ट सस्सपेन्सन एक्जष्ट कभर ग्रे र ब्ल्याक गरी दुई कलर अप्सनमा फिनिसिङ गरिएको छ । कम्पनीले यसको इन्जिन ग्रार्ड र बेली प्यानलाई नयाँ डिजाइनमा दिएको छ ।

यसको हेडलाइट र ह्याण्डलबार भने अघिल्लो भर्सनकै समान छ । मोटरसाइकलमा सिलिन्डर क्याप भने रातो कलरमा दिइएको छ, जुन हालैमात्र सार्वजनिक एक्सपल्स २०० फोर भी र्याली एडिशनमा देखिएको थियो ।

यसमा २०० सीसी सिंगल सिलिन्डर ४ भल्भ इन्जिन दिइएको छ । यो इन्जिन एक्सपल्स २०० फोर भी बाट लिइएको हो । यो इन्जिनले १९.१ पीएस पावर तथा १७.३५ एनएम टर्क जेनेरेट गर्छ ।

यो मोटरसाइकलको मूल्य १ लाख २५ हजार ७२६भारतीय रुपैयाँ एक्स शोरुम तोकिएको छ ।

नेपाली बजारमा हिरो एक्सपल्सको दुबै भेरियट विक्री भइरहको भएपनि एक्सपल्स २०० फोर भी निकै सफल रहेको छ । कम्पनीले अपग्रेड गरेर ल्याएको २०० टीको फिचर र नयाँ इन्जिनका कारण नयाँ मोडलले यूवा वर्गलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top