काठमाडौं । यामाहाले आफ्नो एफजेड सिरिजमा नयाँ मोडल एफजेडएस २५ बजारमा ल्याउने भएको छ । कम्पनीले यो मोटरसाइकल नयाँ मोडलको रुपमा बजारमा ल्याउने भएको हो ।
यसअघि २५० सीसी सेग्मेन्टमा एफजेड २५ र फेजर २५ मोडल बिक्री वितरण गर्दै आएको यामाहाले फेजर २५ को उत्पादन बन्द गर्दै एफजेडएस २५ बजारमा ल्याउने भएको हो ।
यसलाई कोरोना भाइरसको कारण चलिरहेको लकडाउन सकिएपछि कम्पनीले भारतबाट सार्वजनिक गर्नेछ । यसअघि नै कम्पनीले यसको उत्पादन तयार रहेको जनाएको थियो ।
निकै स्पोर्टी डिजाइनमा आउन लागेको एफजेडएसमा एलइडी डिआरएल, विंड स्कृन, मस्कुलर फ्यूल ट्याङक, स्प्लिट सिट, प्रोजेक्टर हेडल्याम्प जस्ता फिचर उपलब्ध रहेको छ ।
भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिन रहेको यस स्टाइलिस मोटरसाइकलमा २४९ सीसी सिंगल सिलिण्डर एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकम २०.५ बीएच पावर र २० एनएम टर्क जेनेरेट गर्छ ।
कम्पनीले यसमा ५ स्पीड गियरबक्स दिएको छ । साथै सुरक्षाको लागि दुबै चक्कामा डिस्क ब्रेकको साथ डबल च्यानल एबीएस दिएको छ ।
यसको मूल्य नेपाली बजारमा ४ लाख ४० हजार रुपैयाँ हाराहारीमा आउने अनुमान गर्न सकिन्छ ।

