काठमाडौं । यामाहा मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । नयाँ मूल्यसूची अनुसार यामाहाको मोटरसाइकलमा १२ हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ ।
जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्युले मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो । कम्पनीले सबैभन्दा धेरै यामाहा एफजेड २५ को मूल्य वृद्धि गरेको हो । कम्पनीले एफजेड २५ मा १२ हजार रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
त्यस्तै स्कुटर तर्फ रे जेडआरको मूल्यसबैभन्दा कम २ हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो भने स्कुटर तर्फ नै सबैभन्दा धेरै ६ हजार रुपैयाँ रेजेडआर १२५ एफआईमा वृद्धि भएको छ । त्यसै गरि आर १५ भी ३ बीएस ६ र एमटी १५ बीएस ५ मा समान १० हजार रुपैयाँले मूल्य वृद्धि भएको छ ।
नयाँ मूल्यसुची अनुसार कम्पनीले १० मोडलको स्कुटर तथा मोटरसाइकलमा मूल्य वृद्धि गरेको छ भने १० मोडको मूल्य यथावत राखेको छ ।
यस्तो छ सबै मोडलको नयाँ तथा पुरानो मूल्यसूची


