यामाहा रे जेडआर १२५ ले जित्यो ‘स्कुटर अफ दि इयर’ अवार्ड

काठमाडौं । यामाहाको रे जेडआर १२५ ले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ । कम्पनीले सन् २०२० मा बजारमा ल्याएको यो स्कुटर यामाहाको नेपालमा पनि सर्वाधिक विक्री हुने स्कुटर हो । यामाहाले २०२० को सेप्टेम्बरमा रेजेड आर १२५ एफआई नेपालमा सार्वजनिक गरेको थियो ।

यामाहा रेजेडआर १२५एफआई ‘फास्टेस्ड पिकअप’ भएको स्कुटर हो । यसले मात्र ७.५९ सेकेन्डमा शुन्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिनसक्छ भने यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघन्टा रहेको कम्पनीको दाबी छ । यसका साथै यसमा ‘स्टप एन्ड स्टार्ट सिस्टम’, ‘साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच’ जस्ता आकर्षक फिचरहरु रहेका छन् । साथै, यसको कर्बवेट ९९ किलोग्राम मात्र रहेको छ र यसमा एफआई प्रविधि र बीएस ६ मापदण्डको इन्जिन रहेको छ ।

रेजेडआर १२५ एफआईमा ‘वाई’ आकारको एलईडी लाइट, नयाँ ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘क्वायट स्टार्ट अप’ का लागि स्मार्ट मोटर जेनेरेटर र ‘युनिफाइड ब्रेकिङ सिस्टम’ रहेको छ ।

भारत विश्वकै सबैभन्दा ठूलो टु-ह्विलर बजार हो । भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड जितेर यामाहा रेजेडआर १२५ एफआईले आफूलाई उत्कृष्ट स्कुटर भएको सावित गरेको छ । यो अवार्डले भारतमा रे जेडआर १२५ लाई निकै रुचाइएको सन्देश पनि दिएको छ । नेपालमा पनि यामाहा रेजेडआर १२५ एफआईलाई ग्राहकले निकै रुचाएका छन् ।

‘यामाहा रेजेड आरले भारतकै प्रतिष्ठित अवार्ड जितेकोमा हामी निकै खुशी छौं । हामीलाई विश्वास थियो यो स्कुटर अभुतपूर्व छ । स्कुटर अफ द इयर अवर्डाले यसलाई अन्तर्राष्ट्रिय सम्मान दिलाएको छ । हामी यसमा गौरवान्वित छौं,’ स्कुटर अफ द इयर अवार्ड जितेपछि एमएडब्लु-यामाहाका सीइओ चिरञ्जीवी शाहले भने ।


Back_to_top