दैनिक १२४ रुपैयाँमा यामाहा माेटरसाइकल, माइलेज ७८ किलोमिटर

काठमाडौं । दैनिक १२४ रुपैयाँमा यामाहाको मोटरसाइकल चढ्न सकिने भएको छ । यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ल्याएको ‘कि टू द गोल्डेन हार्ट’ योजना अन्तगर्त यो सुविधा पाइने भएको हो ।

एमएडब्ल्यू इन्टरप्राइजेजका अनुसार यामाहाको सलुटो १२५ मोटरसाइकल ग्राहकले १ प्रतिशत ब्याज वा दैनिक १२४ रुपैयाँ बुझाएर खरिद गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत ग्राहकले १२४ दैनिक बुझाउने स्कीम छनोट गर्दा ६० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने र बाँकी रकम ३० महिनाको किस्तामा बुझाउन पर्ने हुन्छ ।

३० महिनाको मासिक किस्तामा दैनिक १२४ रुपैयाँका दरले महिनाको किस्ता ३ हजार ७३४ रुपैयाँ बझाउनु पर्छ । यसमा ग्राहकले ९.९९ प्रतिशत ब्याज लाग्छ ।

ग्राहकले आवश्यकता अनुसारको १२, १८, २४ महिनाको किस्ता समेत छनोट गर्न सक्नेछन । त्यस्तै, १ प्रतिशत ब्याजमा सलुटो १२५ किन्न चाहाने ग्राहकले ६० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ भने बाँकी रकम १२ महिनाको किस्तामा बुझाउनु पर्छ । यसमा ग्राहकले मासिक रुपमा ८ हजार २७५ रुपैयाँ बुझाउनु पर्छ ।

यस्तो छ यामाहा सलुटो १२५

यो मोटरसाइकलमा १२४ सीसी इन्जिन रहेको छ । यो इन्जिनले ८.३ पीएस पावर तथा १०.१ एनएम टर्क जेनेरेट गर्छ ।

यो मोटरसाइकलमा डिस्क ब्रेक पाउन सकिन्छ भने यसको अगाडि टेलिस्कोपिक सस्पेन्सन रहेको छ । यो मोटरसाइकलमा ७।६ लिटरको इन्धन ट्याङक रहेको छ । यो मोटरसाइकलले प्रतिलिटर ७८ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

यो मोटरसाइकलको मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top