एक हजार हर्सपावर भएको लग्जरी इलेक्ट्रीक सेडान

काठमाडाैं । चीनको सबैभन्दा ठूलो अटोमोवाइल कम्पनी बीवाइडीले नयाँ लग्जरी सेडान कार देखाएको छ । नयाँ कार लग्जरीसँगै पावरको कारण चर्चामा पाउन सफल भएको हो ।

बीवाइडीको लग्जरी ब्राण्ड याङवाङको ब्याचमा निर्माण भएको प्रिमियम लग्जरी कार ‘यू-७’ यसै वर्षको दोस्रो क्वाटरबाट बिक्री सुरु हुनेछ ।

याङवाङको लग्जरी एसयूभी यू-९ को डिजाइनबाट प्रेरित यू-७ प्रिमियम कारमा सी सेपको हेडलाइन ग्राफिक्स रहेको छ । यूरोपियन प्रिमियम कार बीएमडब्लू आई-५ र मर्शिडिज बेन्जको इक्यूइसँग प्रतिस्पर्धा गर्ने यू-७ एरोडाइनामीकल्ली इफिसीयन्ट कार हो । यो कारको ड्रयाग कोफिसीयन्ट १.१९५ सीडी मात्र छ ।

बीवाइडीको ई-४ प्लेटफर्ममा बनेको यू-७ कुन साइजमा उपलब्ध हुन्छ भन्ने एकिन जानकारी कम्पनीले दिएको छैन । तर, मिडिया रिपोर्टहरुले जनाए अनुसार लम्बाई ५२०० एमएम र चौडाई २००० एमएम रहने छ ।

यो कारमा २१ इन्चको ह्वील दिइने छ । कारको चारवटै चक्कामा इलेक्ट्रीक मोटर दिइएको छ । यी सबै मोटरहरुको संयुक्त पावर १००० हर्सपावरभन्दा बढि रहेने छ ।

बीवाइडी याङवाङको फ्यागसिप लग्जरी सेडान कार यू-७ को अनुमानीत मूल्य १० लाख युवान हुने जनाइएको छ । याङवाङ ब्राण्डमा आउन लागेको यो तेस्रो मोडल हो । यसअघि कम्पनीले यू-८ एसयूभी र यू-९ सुपरकार सार्वजनिक गरेको थियो ।


Back_to_top