रोयल इनफिल्डको लेडि राइड सम्पन्न

काठमाडौं । रोयल इनफिल्डले लेडि राइड सम्पन्न गरेको छ । कम्पनीले गत शनिबारल रोयल इनफिल्ड इन्स्पायर इन्क्लुजन भन्ने मूल नाराका साथ लेडि राइड आयोजना गरेको हो ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ कम्पनीले टेकु सोरुमदेखि नर्लिग् रिसोर्टसम्मको राइड गरेको हो ।

उक्त राइड कार्यक्रममा २२ जना लेडि राइडर सहभागी भएका थिए । कम्पनीले यसका कार्यक्रमको उद्धेश्य रोड सेफ्टि सचेतना, महिला शशक्तिकरण, राइड टुरिजम जस्ता विषय रहेको बताएको छ ।

यो राइडका कार्यक्रममा राइडहरुले विभिन्न खेलहरु बाइक पुस, म्यूजिकल चेयर, हेलमेट टावर जस्ता गेममा सहभागी भएर रोयल इनफिल्डका हेलमेट, ग्लभ्स तथा विभिन्न आर्कषक उपहारहरु जित्न सफल भएको थिए ।

कम्पनीले आगामी दिनमा समेत यस्तै कार्यक्रम आयोजना गर्दै लेडि राइडहरुलाई हौसला प्रदान गर्दै जाने बताएको छ ।


Back_to_top