जगदम्बा र टीभीएसको दौड ४ वर्ष पूरा, खुसीयालीमा दौडिए युवा

काठमाडौं । जगदम्बा मोटर र टीभीएस इन्डिया बीच व्यवसायीक साझेदारी भएको ४ वर्ष पुरा भएको छ । साझेदारीको ४ वर्ष पुरा गरेको अवशरमा कम्पनीले ‘टीभीएससँगको दौड’ कार्यक्रम आयोजना गर्यो । 

कम्पनीले यस दौडलाई रमाइलो दौडको संज्ञा दिएको छ । जगदम्बा मोटरका भाइस प्रेसिडेन्ट दिपक अग्रावाल वार्षिक उत्सव, दशैं–तिहार क्याम्पेनको थिम र केही नयाँ गरौँ भन्ने चाहनाको परिणाम दौड कार्यक्रम भएको बताउँछन् ।

‘युवा पुस्तामा स्वास्थ्य प्रति सकारात्कम संदेश प्रवाह गर्दै ति युवालाई टीभीएसको रेसिङ डिएनएसँग जोड्नु हाम्रो उद्देश्य हो’ अग्रवालले भने ।

उपत्यकाबाट दौडको सुरुवात भएको छ । अब, नेपालको थुप्रै सहरमा पुर्याउने लक्ष्य कम्पनीले लिएको उनले बताए । 

सबै उमेर समूहका मानिसले भाग लिन सक्ने यो खुला रमाइलो दौडमा सहभागी भएकाहरुलाई टीभीएसको मोटरसाइकल किन्दास्योर सट छुटस्वरुप एक हजार रुपैयाँ प्रदान गरिएको छ ।

कम्पनीले दौडमा पुरस्कार राशीपनि निकै राम्रो राखेको थियो । दौडमा पहिलो हुनेलाई ५० हजार रुपैयाँ, द्वितीय हुनेलाई २५ हजार रुपैयाँ र तृतीय हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । 

कम्पनीको ४ वर्ष 

सन् २०१५ सेप्टेम्बर १५ बाट टीभीएसको उत्पादन जगदम्बा मोटरले आधिकारीक वितरकको रुपमा बिक्री वितरण सुरु गरेको हो । उच्च पर्फमेन्स, मोडर्न डिजाइन, किफायती मूल्य र बृहत नेटवर्कका कारण सरुवाति ४ वर्षमा कम्पनीले आफ्नो बजार हिस्सा निकै ठूलो बनाएको छ ।

कसरी यत्रो सफलता प्राप्त भयो भन्ने प्रश्नमा कम्पनीका भाइस प्रेसिडेन्ट अग्रावाल भन्छन् ‘टिमको मिहेनत, ग्राहकको विश्वास र लगानीकर्ताको बजारमा केही गर्नुपर्छ भन्ने धारणाले यो सफलता प्राप्त भएको हो ।’

कम्पनीले अफ्नो बिक्रीलाई मजबुद बनाउन नयाँ–नयाँ शोरुम थप्ने । सर्भिस सेन्टरलाई मजवुद बनाउने, ग्राहकहरुलाई विशेष अफर प्रदान गर्ने, सामाजिक उत्तरदायित्वमा लगानी बढाउने, बिभिन्न किसिमका रेसिङ प्रतिस्पर्धामा सहभागिता जनाउने, सरल किस्ता बन्दीमा मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउने, एक्स्चेन्ज क्याम्प मार्फत ग्राहकलाई राम्रो अफर प्रदान गर्ने जस्ता गतिविधिले कम्पनीलाई बलियो बनाएको हो ।


Back_to_top