काठमाडौं । नेपालको लागि टिभिएस टू ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’ को आयोजना गरेको छ । उक्त मेलाको उद्घाटन नेपाली क्रिकेट टिममा भूतपूर्व कप्तान पारस खड्काले गरे ।
कार्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डपमा संचालन हुने यो मेलाको प्रमुख आकर्षणको रुपमा ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टका साथै उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा मूल्यमा थप दश हजार रुपैयाँ उत्कृष्ट अफरहरु रहेका छन् ।
उक्त मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् । उक्त मेलाको आकषर्ण अझ बढाउन टीभीएस स्कुटरका ब्राण्ड एम्बासेडर स्वस्तिमा खड्काको उपस्थिती रहेको थियो ।
कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने तथा पुराना टिभिएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्न सक्नेछन ।
योजना संचालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने ‘हामीले यतिखेर ग्राहकहरुमाझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं र यो योजना प्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ । यसै सिलसिलामा सोही अफरकै एक हिस्सा स्वरुप यो एक्स्चेञ्ज फेयर आयोजना गरेका छौं । यो फेयरले ग्राहकहरुलाई टिभिएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ ।’
ग्राहकले ‘टीभीएस दशैंको दौड’ योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भने किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सक्नेछन ।


