एउटै मोडल बिक्री गर्ने किया भारतमा टप ५ मा

भारतीय बजार विश्वकै चौथो ठूलो अटो बजारमा पर्छ । चीन, अमेरिका र जापानपछि चौथो धेरै कार बिक्री हुने भारतमा कियाले निकै ठूलो सफलता हात पारेको हो ।

अक्टोबर महिनालाई भारत र नेपालमा नै चाडपर्वको महिनाको रुपमा लिने गरिन्छ । यस सिजनमा सवारीसाधको बिक्रीसमेत निकै धेरै हुने गरेको छ ।

विगत १० महिनादेखि नराम्रोसँग ओरालो लागेको भारतीय अटोबजारमा अक्टोबरमा निकै ठूलो कारोबार भएको छ । 

तीन महिनाअघि भारतमा सार्वजनिक भएको कियाले अक्टोबरमा १२ हजार ८५०

यूनिट किया सेल्टोस बिक्री गर्दै सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीको सूचीमा पाँचौ स्थान ओगटेको हो । कम्पनीले भारतमा टोयोटा, रेनो, होन्डा, फोर्ड, फक्सवागन, निसान, डाट्सन, स्कोडा, जीप जस्ता ब्रान्डलाई पछि पारेको हो ।

भारतमा सर्वाधिक गाडी बेच्नेको सूचीको पहिलो स्थानमा मारुती सुजुकी रहेको छ भने दोस्रो स्थानमा हुन्डाई, तेस्रो स्थानमा महिन्द्रा र चौथो स्थानमा टाटा रहेका छन् ।


Back_to_top