काठमाडौं । मूल्य अभिवृद्धी कर (भ्याट) छलेको आशंकामा आन्तरिक राजस्व विभागले महँगा मोटरसाइकल बिक्रेता कम्पनीको वर्कसपमा छापा मारेको छ । मोटरसाइकललाई सर्भिस दिने क्रममा कम्पनीहरुले ठूलो रकम बराबरको भ्याटछलि गरेको आसंकामा राजस्वले छापा मारेको हो ।
राजस्वले क्रसफायरको सर्भिस सेन्टरबाट भ्याट बिल बिना कारोबार गरेको, नक्कली बिलको प्रयोग गरेको पारदर्शी तरिकाले हिसाव किताव नराखेको भन्दै सम्पूर्ण कागजपत्र जफत गरिएको छ ।
उपत्यकामा खुलेका महंगा मोटरसाइकलका सर्भिस सेन्टरले सक्कली बिल नदिएको उजुरी राजस्व विभागमा परेपछि छापामारिएको विभागले जनाएको छ ।
काठमाडौंमा खुलेका महँगा बाइकका वर्कसपले भ्याट बिल विनै कारोबार गर्ने गरेको उजुरी विभागमा परेपछि विभागको टोलीले ‘क्रसफायर’को धुम्बाराहीस्थित वर्कसपमा छापा मारेको थियो ।


