अब १२ सय सीसीभन्दा कम क्षमताका ट्याक्सी दर्ता नहुने

काठमाडौं ।  अब दर्ता हुने  नयाँ ट्याक्सी १२ सय सीसी भन्दा बढी क्षमताकाे हुनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले तयार पारेको नयाँ मापदण्ड अनुसार  दर्ता हुने नयाँ ट्याक्सी १२ सय सीसीभन्दा माथि ४ स्ट्रोक सेडान कार हुनु पर्ने विभागले जनाएको छ ।

दर्ता हुने नयाँ ट्याक्सीमा ३ वटाभन्दा बढी सिलिन्डर भएको, एसी हिटर, डिजिटल मिटर र जीपीएस सिस्टम अनिवार्य  हुनुपर्नेछ ।

विभागले नयाँ मापदण्डको कार्यान्वयन गर्नको लागि यातायात व्यवस्था कार्यालयहरुलाई चिठ्ठी समेत पठाइसकेको जानकारी दिएको छ । विभागले गत चैतमै ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा  तयार पारी मन्त्रालय पठाएको थियो।


Back_to_top