यी हुन्, २०१९ मा सर्वाधिक खोजी भएका ५ कार

काठमाडौं । अटो क्षेत्रले सन् २०१९ मा थुप्रै नयाँ मोडल पाएको छ । विशेष गरेर भारतीय बजारमा उत्पादन हुने यस्ता गडी प्रति नेपालमा पनि चासो हुने गर्छ । त्यसको मुख्य कारण हो नेपालमा बिक्री हुने अधिकांश गाडी भारतमा बन्नु ।

सन् २०१९ ले विदा लिने समय नजिकिएसँगै यस वर्षको गतिविधिको लेखाजोखा सुरु भएको छ । यस्तोमा सन् २०१९ मा भारतमा बनेका गुगलमा सर्वाधिक खोजी भएका ५ कारहरु यस्ता रहेका छन् । 

५. महिन्द्रा एक्सयूभी ३००

सर्वाधिक खोजी भएका ५ गाडीको सूचीमा महिन्द्राको कान्छो एसयूभी एक्यूभी ३०० पर्न सफल भएको छ । नेपालमा पनि बिक्री भइरहेको यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८  र डब्लु ८ (अफ्सनल) गरि चारवटा भेरियन्टमा उपलब्ध गराउने छ ।

 

नयाँ एक्सयूभी ३०० पेट्रोल भेरियन्ट डब्लु ४ को मूल्य  ३९ लाख ७५ हजार र डब्लु ८ (अफ्सनल)को मूल्य ५६ लाख ५० हजार रुपैयाँ रहेको छ । 

त्यस्तैगरि डिजेलमा डब्लु ४ भेरियन्टको मूल्य ४१ लाख २५ हजार, डब्लु ६ भेरियन्टको ४५ लाख, डब्लु ८ भेरियन्टको ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) को मूल्य ५७ लाख २५ हजार रुपैयाँ तोकिएको छ । यी सवारीसाधन नेपालभर रहेका अग्नि इन्कर्पोरेटेडका डिलर सञ्जालमा उपलब्ध रहेको छ ।

४. एमजी हेक्टर

एमजी हेक्टर २०१९ का लागि सोल्ड आउट भएसँगै यसको चर्चा चुलिएको थियो । २७ जुन २०१९ मा भारतमा सार्वजनिक भएको एमजी हेक्टर सर्वाधिक खोजीको चौथो गाडी हो । 

नेपाली बजारमा ल्याउने तयारी भइरहेको हेक्टरमा डबल टोन डायमन्ड कट अलोय ह्वील, एलइडी टर्नसिग्नल लाइट, सिल्भर रुफ रेल, सार्क फिन स्पोइलर, रियर विन्डशिल्ड वाइपर, सिम्पल लुकिंग एलइडी टेलल्याम्प, मस्कुलर रियर बम्पर लगायतका विशेषता दिएको छ ।

इन्टेरियरमा पावर एडजस्टेबल सिट, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ३६० डिग्री क्यामरा, प्यानोरमिक रुफ लगाएको छ । यसका साथै, यस मोडलमा आइ स्मार्ट नेक्ट जेनेरेशन सिस्टम दिएको छ ।

३. टोयोटा फर्च्यूनर

टोयोटाको सर्वाधिक सफल मध्येको एक मोडल हो फर्च्यूनर । कम्पनीले यसलाई भारतीय बजारमा उत्पादन हुने सर्वाधिक प्रिमियम एसयूभीको रुपमा बिक्री गरिरहेको छ । भारतीय धेरै राजनीतिज्ञको रोजाईमा पर्दै आएको यो एसयूभी सार्वधिक खोजी हुने गाडीको तेस्रो स्थानमा परेको छ ।

 

नेपाली बजारमा पनि किनै राम्रो संख्यामा बिक्री भइरहेको फर्च्यूनरको मूल्य १ करोड ७२ लाख ५० हजार रुपैयाँ रहेको छ । 

२. हुन्डाई भेन्यू

सर्वाधिक खोजीको दोस्रो स्थानमा हुन्डाई भेन्यू् परेको छ । हुन्डाईले सन् २०१९ मा नै पहिलो पटक सार्वजनिक गरेको यो एसयूभी अहिले निकै चर्चामा रहेको गाडी हो । 

नेपाली बजारमा बिक्री भइरहेको भेन्यूको सुरुवाति मूल्य ३४ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको मूल्य ५५ लाख ९६ हजार रहेको छ । 

हुन्डाईका चर्चित गाडी कोना र सान्ता फेबाट प्रेरित रहेको भेन्यूको अगाडि आफ्नो चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरिएको छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ ।

इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु रहेको छ । भेन्यू स्मार्ट कनेक्टेड गाडी हो । यसमा दिइएको ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न सकिन्छ । ३३ स्मार्ट कनेक्टेड फिचर रहेका छन् ।

१. मारुती सुजुकी बलेनो

मारुती सुजुकीको प्रिमियम कार बलेनो सर्वाधिक खोजी भएको कारको पहिलो स्थानमा रहेको छ । विशेषत नेपालमा भन्दापनि भारतीय बजारमा धेरै बिक्री हुने ह्याचव्याक कार बलेनो करिब तीन वर्ष अगाडि नेपालमा बिक्री हुँदै आएको छ । 

नेपाली बजारमा मारुती सुजुकी बलेनो दुई भेरियन्टमा बिक्री भैरहेको छ । कम्पनीले डेल्टा भेरियन्टको बलेनो ३३ लाख ९९ हजार र जेटा भेरियन्ट ३६ लाख ९९ हजार रुपैयाँमा बेचिरहेको छ । बलेनो चर्चामा आउनुको मुख्य कारण यस्तो छ ।

बलेनोको लुक्स निक्कै बोल्ड र आकर्षक रहेको छ । थ्रिडी ग्राफिक डिजाइनमा निर्माण भएको बलेनोमा बोल्ड ग्रिल, नयाँ बम्पर, प्रिसिशन कट ड्युल टोन अलोय ह्वील, एलइडी डिआरएलएस, एलइडी प्रोजेक्टर हेडल्याम्प, रियर एलइडी कम्बिनेशन ल्याम्प लगायतका विशेषता दिइएको छ । यी विशेषताले कारको लुक्सलाई निक्कै आकर्षक बनाएको छ ।


Back_to_top