काठमाडौं । अहिले टुटल र पठाओमा गरेर लगभग ५०/५५ हजार राइडर आबद्ध रहेको कम्पनीहरुको दाबी छ । हरेक दिन पठाओले ३० हजार राइड र टुटलले २० हजार राइड गर्ने समेत कम्पनीले बताउँदै आएको छ । यस्तो व्यवसायले अप्रत्यक्ष रुपमा विदेशिनेको संख्यामा कमी आएको छ ।
निरन्तर राइड गर्नेहरुले मासिक रुपमा ३० हजार देखि १ लाखसम्म कमाउने गरेको चर्चा मध्यबानेश्वर स्थित पठाओको कार्यलयसंगैको चिया पसलमा सुनिइरहन्छ । तर यसका लागि भने धेरै कुरमा ध्यान दिनु पर्ने राइडरहरु बताउँछन् ।
राइड सेयरिङ र रोजागारी
विदेश जान भनेर पासपोर्ट र ६० हजार रुपैयाँ दलाललाई बुझाएर बसेका टीकाथलीका रमेश महर्जनले ६ महिना पश्चात जसोतसो पैसा र पासपोर्ट फिर्ता लिए । दलाल कम्पनीले विदेश त पठाएन, उल्टै पैसा दिन महिनौ झुलायो । फिर्ता लिएको पैसामा केहि थप गरेर उनले टीभीएस एनटर्क स्कुटर खरिद गरे ।
पठाओको अफिस गएर आफु राइडर बने । ‘सुरु-सुरुमा रमाइलो पनि खुबै भयो’, खुसि हुदै उनले सुनाए ।
उनी अहिले विदेश जान नपाएकोमा दुखि छैनन् । पठाओमा काम गरेर उनी खुसी भएको बताउछन् । ‘नयाँ नयाँ ठाउ पुगिन्छ । काठमाडौं मै बसेर पनि कति नपुगेको ठाउँहरु अहिले पुगिन्छ । नयाँ मान्छेसँग चिनजान हुन्छ’, उनी सुनाउँछन् ।
स्कुटर किनेर गल्ती गरेको महशुस उनलाई त्यत्तिबेला लाग्यो जब जिउ दुख्न थाल्यो । उनी फुलटाइम राइडर भएका कारण स्कुटरमा राइड गर्न गाह्रो भयो । ‘स्कुटरले अलि माइलेज पनि कम दिने रहेछ । स्कुटर त व्यक्तिगत प्रयोगको लागि मात्र राम्रो रहेछ’, उनी भन्छन् ।
१ महिना पश्चात उनले टीभीएसकै स्ट्राइकर १२५ सँग एनटर्क स्कुटर एक्सचेन्ज गरे । टीभीएसले सहजै आफ्नो स्कुटरसँग मोटरसाइल एक्सचेन्ज गरिदियो । उनलाई कम्पनीको व्यवहार समेत मन परेको रहेछ । अहिले उनी अरु साथीलाई समेत टीभीएस स्ट्राइक किन्न सुझाव दिन्छन् । फुलटाइम गर्नेलाई टीभीएस स्ट्राइकर उत्कृष्ट मोटरसाइकल रहेछ । यसको माइलेज, पावर, सस्पेन्सन तथा यसको ह्याण्डल एकदमै सजिलो लागेको उनको भनाई छ ।
‘पठाओ राइडर भएपछि राम्रो बाटोमा मात्र चलाउँछु भनेर भएन ग्राकहले भनेको ठाँउमा जानै पर्यो । यसको पिक अप पनि राम्रो रहेछ । माइलेज पनि ५० किलोमिटर जति दिइरहेको छ । अहिले त नयाँ पनि छ’, उनले थपे ।
सिट पनि आरमदायी रहेको र ग्राकहले पनि हाँस्दै पछाडी बस्न सहज भएको बताउने गरेको उनी सुनाउँछन् ।
उनी अहिले विदेश जान नपाएकोमा दुखि छैनन् । पठाओमा काम गरेर उनी खुसी भएको बताउछन् । ‘नयाँ नयाँ ठाउ पुगिन्छ । काठमाडौं मै बसेर पनि कति नपुगेको ठाउँहरु अहिले पुगिन्छ । नयाँ मान्छेसँग चिनजान हुन्छ’, उनी सुनाउँछन् ।
उनले आफ्नो रेगुलर ग्राहकहरु पनि धेरै रहेको बताए । अहिले जाडो बढेसँगै उनको कमाई अलि घटेको रहेछ । गर्मीमा मानिसहरु बढि मोटरसाइकल चढ्न रुचाउने भएका कारण उनको व्यवसाय बढ्ने रहेछ । अबको गर्मीमा मासिक ५० हजार रुपैयाँ जोखाउने उनको लक्ष्य छ ।
यस्तो छ टीभीएस स्ट्राइकर मोटरसाइकल
टीभीएस स्ट्राइकर मोटरसाइकल तीन रङ्ग क्रिमसन–ह्वाइट, भोल्क्यानो–रेड र मेटालिक–ब्लू (सेतो, रातो र निलो)मा उपलब्ध छ । यसमा उपलब्ध सिङ्गल सिलिन्डर फोर–स्ट्रोक एयरकुल्ड १२५ सीसी इन्जिनले ८ हजार आरपीएममा ११ बीएचपी पावरकासाथै ५५ सय आरपीएममा १०.८ एनएम–टर्क उत्पादन गर्छ । यसको अगाडिको चक्कामा डिक्स र पछाडि ड्रम–ब्रेक लगाइएको छ ।

टीभीएस स्ट्राइकर मोटरसाइकलको तौल ११७ किलोग्राम रहेको छ । यसमा १२६५ एमएमको ह्वील बेशकासाथै १५० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । स्ट्राइकरको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन, रियरमा हाइड्रलिक ड्याम्पर लगाइएको छ । १४।५ लिटर क्षमता भएको इन्धन ट्याङ्की रहेको छ भने बाइकमा ट्यूवलेस टायर, पूर्ण डिजिटल स्पीडोमिटर र पछाडि एलईडी बत्तिसमेत रहेको छ ।
टीभीएस स्ट्राइकर मोटरसाइकलले प्रतिलिटर ६७ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीके दावी छ । यसको टपस्पीड क्षमता प्रतिघन्टा ९० किलोमिटर रहेको छ ।
यसको मूल्य १ लाख ९४ हजार ९०० रहेको छ ।


