बजाज एभेञ्चर एफआई इन्जिनमा आउँदै

बजाजले आफ्नो क्रुजर बाइक एभेञ्जर २२० लाई नयाँ एफआई इन्जिनको साथ बजारमा उतार्ने भएको छ । उक्त नयाँ एभेञ्जर पुरानोको तुलनामा ११ हजार ५०० रुपैयाँ महंगो हुनेछ ।

भारत सरकारले सवारीसाधनको लागि आगामी अप्रिल १ वाट अनिर्वाय रुपमा लागु गर्नु पर्नेगरि प्रदुषण मापदण्ड बीएस ६ लागु गरेको छ । उक्त सरकारी नीति अनुसार सबै कम्पनीले नयाँ मापदण्ड अनुसारको इन्जिनमा आफ्ना उत्पादन बजारमा ल्याइरहेका छन् ।

नेपालमा बजाजका उत्पादन हुलास अटो क्राफ्टले एसेम्बल गर्दै आएको छ । तर, एभेञ्जर भने भारतबाटै आयत गरेर बिक्री वितरण गर्दै आएको छ । यस्तोमा अब नेपाल आउने एभेञ्जर पहिलेभन्दा महंगो हुनेछ ।

सिंगल च्यानल एबीएसको साथ आउने बजाज एभेञ्जरमा रहेको २२० सीसी क्षमताको इन्जिनले कति पावर प्रदान गर्छ भन्ने बारेमा भने कम्पनीले केही जानकारी दिएको छैन । तर, बीएस ४ इन्जिनले भने ८४०० आरपीएममा १९ बीएच पावर र ७००० आरपीएममा १७.५ एनएम टर्क प्रदान गर्थ्यो ।


Back_to_top