हिरो एक्सपल्सको इन्जिनमा परिमार्जन, पर्फमेन्स अझै राम्रो हुने

काठमाडौं । हिरो मोटोकर्पले एक्सपल्स २०० आयल कुल्ड इन्जिनमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले बीएस ६ मापदण्डमा अपग्रेड गर्ने तयारीमा रहेको एक्सपल्स २०० मा आयल कुल्ड इन्जिन दिने भएको हो ।

कम्पनीले कम्युटर सेग्मेन्टका सबै मोटरसाइकलको अपग्रेड पश्चात आफ्रनो प्रिमियम सेग्मेन्टमो मोटरसाइकलको अप्रगेड गर्ने तयारी गरेको हो ।

हालै राजस्थानको जयपुरमा आयोजना गरिएको हिरो वर्ल्ड २०२० मा कम्पनीले हिरो ग्ल्यामर र प्यासन प्रो नयाँ भर्सन सार्वजनिक गरेको थियो नयाँ मोटरसाइकल एक्स्ट्रीम १६० आर समेत सार्वजनिक गरेको थियो ।

हिरो एक्सपल्समा हाल एयरकूल्ड इन्जिन रहेको छ । आयल कुल्ड इन्जिनमा आउने एक्स्पल्स २०० पर्फमेन्समा अझै सुधार हुने अनुमान गरिएको छ । यसका अलावा हिरो एक्सपल्स २०० मा ठूलो इन्जिन गार्ड समेत दिइने छ । जसले अफरोडमा इन्जिनलाई सुरक्षीत बनाउने छ ।

हाल भारतीय बजारमा हिरो एक्सपल्सको कार्बुरेटर भर्सन बिक्री हुँदै आएको छ । अब बीएस ६ मापदण्ड अनुसार कार्बुरेटर भर्सन भने बन्द हुनेछ ।

हिरो एक्सपल्समा २०० सीसी एयर कुल्ड, २ भल्भ, सिंगल सिलिण्डर, ओएचसी इन्जिन दिइएको छ जसले ८००० आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएम टर्क प्रदान गर्छ ।

१४१२ एमएमको ह्वील वेस तथा २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेका छ ।

यो मोटरसाइकलमा अगाडि ३७ एमएमको डबल डीयू बस कम्पनीको टेलिस्कोपीक सस्पेन्सन दिइएको छ भने १० स्टेप एडजस्टेवल मोनोसक रहेको छ ।


Back_to_top