पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, ग्याँसको यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको हो ।

हाल अर्न्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटको कारण १६ मार्च २०२० मा ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोल र डिजेलको मूल्य घटेर आएको हुदाँ ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ मा व्यवस्था गरिएको शुत्र अनुसार निगमले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा २/२ रुपैयाँले घटाएको हो ।

अब काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य १०६, डिजेलको खुद्रा विक्री मूल्य ९५ प्रति लिटर कायम गरिएको छ । साथै ईण्डियन आयल कर्पोरेशनबाट हाल हवाई ईन्धनको नयाँ खरिद मूल्य प्राप्त नभएता पनि पर्यटन तथा हवाई क्षेत्रमा पर्न गएको असरलाई न्यूनिकरण गर्न १ मार्चमा प्राप्त हवाई ईन्धन मूल्यको आधारमा नै देशभर आन्तरिक उडानमा प्रयोग गरिने हवाई ईन्धनमा प्रति लिटर ४.५० रुपैयाँ घटेर ९० प्रतिलिटर कायम गरिएको छ ।

एलपी ग्याँस र हवाई ईन्धन (बाह्य तर्फ)को हालको मूल्य यथावत नै राखिएको बताएको छ ।


Back_to_top