बजाज डोमिनार २५० र ४०० मा कति फरक ? मूल्यमा कति फरक

काठमाडौं । बजाज डोमिनार सिरिजमा नयाँ मोटरसाइकल थप भएको छ । बजाज अटोले भारतीय बजारमा डोमिनार २५० सार्वजनिक गरेसँगै यसको चर्चासमेत चुलिएको हो ।

बजाज डोमिनार २५० सार्वजनिक भएसँगै बजाजसँग पहिलो २५० सीसी सेग्मेन्टको मोटरसाइकल समेत भएको छ । बजाज डोमिनारलाई कम्पनीले डोमिनार ४०० कै अवधारणामा निर्माण गरेको हो । बजाज डोमिनार ४०० र २५० मा धेरै समानता समेत रहेको छ ।

कम्पनीले डोमिनार ४०० जस्तै लुक्समा डोमिनार २५० निर्माण गर्नुका साथै धेरै फिचरहरु समेत ४०० बाट नै लिएको छ ।

dominar 250

यी दुबै मोटरसाइकलमा कम्पनीले सिगंल सिलिन्डर, ४ भल्भ, एफआई, लिक्वीड कुल्ड इन्जिन दिएको छ । डोमिनार ४०० मा ३७३ सीसी को इन्जिन रहेको छ भने, डोमिनर २५० मा २४८ सीसी इन्जिन रहेको छ । यसका साथै यी दुबै मोटरसाइकलमा ६ स्पीडको गियर र स्लिपर कल्च उपलब्ध रहेको छ ।

दुबै मोटरसाइकलको डाइमेन्सन समान रहेको छ । यी बाइकको तौल १८२ केजी, लम्वाई २१५६ एमएम, चौडाई ८१३ एमएम, उचाई १११२ एमएम, ह्वीलबेश १४५३ र ग्राउन्ड क्लियरेन्स १५७ एमएम रहेको छ ।

यी दुबै मोटरसाइकलमा १७ इन्च अलोय ह्वील रहेको छ । यसका साथै यी दुबै मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

यी दुबै मोटरसाइकलमा एलइडी हेडल्याम्प तथा टेल ल्याम्प रहेको छ । कम्पनीले डोमिनार ४०० को कन्सोललाई नै २५० मा प्रयोग गरेको छ । जसमा फ्यूल ट्याङकमा समेत सानो डिस्प्ले रहेको छ । यो डिस्प्लेमा ओडोमिटर टाइम र गियर इन्डिकेटर रहेको छ ।

dominar 400

यी दुबै मोटरसाइकलमा सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध रहेको छ ।

बजाज डोमिनार ४०० को मूल्य नेपाली बजारमा ५ लाख २९ हजार ९०० रहेको छ भने डोमिनार २५० को मूल्य ४ लाख २५ हजार हुने अनुमान गरिएको छ । बजाज डोमिनार ४०० नेपाली बजारमा बिक्री वितरण भइरहेको छ भने बजाज मोटरसाइकलका लागि नेपालको आधिकारी वितरक एचएच बजाजले नयाँ बर्षलाई लक्षित गरेर बजाज डोमिनार २५० सार्वजनिक गर्ने बताएको छ ।


Back_to_top