पुरानो यामाहा फेसिनोको तुलनामा नयाँ १२५ मा यस्ता छन् तीन भिन्नता

काठमाडौं । यामाहाको चर्चित स्कुटर फेसिनो १२५ सीसी क्षमताको एफआई इन्जिनको साथ अबको केही दिनपछि नेपाली बजारमा सार्वजनिक हुनेछ । यसअघि कम्पनीले बिक्री वितरण गर्दै आएको ११० सीसी क्षमताको फेसिनोको तुलनमा नयाँ फेसिनोमा निकै भिन्नता पाउन सकिन्छ ।

यामाहाको लागि नेपालको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले बिक्री वितरण गर्दै आएको फेसिनो ११० र केही दिनपछि आउने फेसिनो १२५ मा रहेका मुख्य ३ भिन्नता हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

डिजाइनमा केही परिमार्जन

नयाँ फेसिनोमा दिइएको हेडलाइटमा केही परिमार्जन गरिएको छ । अगाडिको एप्रोनमा क्रोम डिजाइन दिएर टर्न इन्डिकेटर दिइएको छ । यसको अलावा डिएलएक्स भेरियन्ट डियूल कलर अप्सनमा उपलब्ध रहने छ ।

नयाँ फेसिनोमा दिइएको टेललाइट भी सेपमा रहेको छ । यसको डिलक्स भेरियन्ट र स्टायडर्ड भेरियन्टमा केही ग्राफिक्सको मात्रै भिन्नता रहेको छ ।

आरामदायी

कम्पनीले अहिले बिक्री भइरहेको फेसिनोको तुलनामा फेसिनो १२५ मा केही लामो सिट दिएको छ । यसमा रहेको ह्याण्डलबार पुरानोको तुलनामा १८ एमएम नजिक खिचेको छ । साथै नयाँ फेसिनो पुरानोको तुलनामा २० एमएम अग्लो समेत रहेको छ ।

कम्पनीको दाबीलाई मान्ने हो भने पुरानोको तुलनामा नयाँ फेसिनो चलाउन किनै आरामदायी र धेरै स्थान भएको स्कुटर हो ।

एफआई इन्जिन र पावर

नयाँ फेसिनोमा दिएको १२५ सीसी क्षमताको इन्जिन पुरानो ११० सीसी क्षमताको भन्दा बढी पावरफुल हुनु स्वभाविक हो । तर, बीएस ६ अनुसारको इन्जिनमा आएका कारण एफआई इन्जिन दिइएको छ ।

यसको पावर पहिलेभन्दा ३० प्रतिशत बढी रहेको छ भने १६ प्रतिशत बढी माइलेज दिने बताइएको छ । कम्पनीको दाबी अनुसार यो स्कुटरले प्रतिलिटर ५८ किलोमिटर माइलेज प्रदान गर्छ ।


Back_to_top