काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले प्यूठानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘न्यू विज्ञान सप्लायर्स’ संचालनमा ल्याएको छ ।
बजाजले आफ्नो सेवा सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम संचालनमा ल्याएको जनाएको छ । ग्राहकले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्ने प्रतिबद्धताका साथ बजाजले गुणस्तरीय र छिटो सुविधा सुनिश्चित गर्ने जनाएको छ ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसोसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ विश्वास कम्पनीको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भने, ‘हामी प्यूठानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । प्यूठानमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’
शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ ।


