२०१९ मा सर्वाधिक बिक्री भएका ५ इलेक्ट्रीक कार

काठमाडौं । इलेक्ट्रीक सवारीसाधनको बिक्री २०१९ मा निकै उत्साप्रद रहेको थियो । नेपालको लागि पनि इलेक्ट्री कारको बिक्री २०१९ मा निकै राम्रो भएको थियो ।

नेपालमा २०१९ मा ठूला तीन नयाँ मोडल सार्वजनिक भए हुन्डाई कोना, किया निरो र एमजी इजेडएस २०१९ मा नेपाल आएका सफल मोडल हुन् । अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल थ्री, बिएआइसीको बिजेभ इयू, निसान लिफ, बीवाइडी यूआन र वाओजुनको इ १०० सर्वाधिक बिक्री हुने मोडलमा रहेका छन् ।

सन् २०१९ मा २ लाख ९६ हजार ८१५ टेस्ला मोडल थ्रीको बिक्री भएको थियो । जुन अर्को कुनैपनि इलेक्ट्रीक मोडल भन्दा करिब दुई गुणाले धेरै हो । दोस्रो स्थानमा रहेको चिनीयाँ उत्पादन बिएआइसीको बिजेभ इयूको बिक्री १ लाख ३१२ यूनिट भएको थियो ।

त्यसैगरि तेस्रो स्थानमा रहेको निसान लिफ ६८ हजार ८२२ यूनिट बिक्री भएको थियो । निसान लिफ नेपाली बजारमा पनि आउने क्रममा रहेको छ । २०१९ मा धेरै बिक्री भएको इलेक्ट्रीक कार मोडलमा बीवाइडीको यूआन ६१ हजार ९०० यूनिटसहित सूचीको चौथो स्थानमा रहेको छ । साथै, ६० हजार ५० यूनिट सहित वाओजुनको इ १०० सूचीको ५ औं स्थानमा रहन सफल भएको छ ।


Back_to_top